Connect with us
Kapilvast Forest

कपिलवस्तु: बाणगङ्गा नदीको बगरमा कृषकले खेती गर्दै

२०७८, २१ चैत्र सोमबारमा प्रकाशित

सनिउल्ला धोबी कपिलवस्तु-
जिल्लाको सबैभन्दा ठूलो बाणगङ्गा नदीले बनाएको बगर क्षेत्रमा स्थानीय कृषकले खेती गर्दै आएका छन् । नदीको किनारमा रहेको सुक्खा बालुवामय बगरमा उनीहरुले खेती गरी जीवन निर्वाह गर्दै आएका हुन् । चिसो फल तरबुजा, खरबुजा, काँक्रो, घिराँैला, लौका, फर्सी तथा तरकारी उत्पादन गरी आफूहरुले जीवन निर्वाहको माध्यम बनाएको सिहोखोरका किसान रामअसरे केवटले बताए । बगरबाट जीविकोपार्जन गर्न बाध्य रहेका भूमिहीन अन्य किसानले त्यसबाट राम्रो आम्दानीसमेत गर्न सफल भएको बताए ।

जिल्लाको बुद्धभूमि, कपिलवस्तु र महाराजगञ्ज नगरपालिका तथा यशोधरा गाउँपालिकाका किसान बगरे खेतीमा सम्लग्न भएको पाइन्छ । जिल्लामा बाणगङ्गाा नदी किनारमा रहेको धनकौली, चेतरादेइ, विजगौरी, बरगदी, बरगदा, पडरिया, पारसडिहवा र हरदौनालगायत गाउँका कृषक पनि बगर खेतीमा सम्लग्न छन् । पडरियाका शिवशङ्कर लोनिया भन्छन्, “नदीको बगरमा काँक्रो, तरबुजा तथा लौका, घिरौँला, करेला, फर्सीलगायतको खेतीबाट एक याममा रु ५० हजारभन्दा बढी आम्दानी गर्ने गरेको छु ।” चैतको गर्मीमा पनि बालुवाको तापलाई पन्छाउँदै यतिखेर बढी माग भएका फलफूल र तरकारीको स्याहारमा जुटेका बरगदीका पल्टन मुराउले आफूहरुले उत्पादन गरेका फल तथा तरकारीेले राम्रो भाउसमेत पाएको बताए।

यो बगरमा जस्तै जिल्लाको करिब तीन सय बिघा जमिनमा बगरे खेती हुने गरेको जिल्ला कृषि समन्वय इकाइले जनाएको छ । जिल्लाका किसान यो समयमा बाणगङ्गा नदीको किनारमा रहेको बगरे खेतीतर्फ आकर्षित भएका हुन् । छोटो समयमा विभिन्न तरकारीका जातहरु लगाएर उत्पादन गर्न सकिने भएकाले किसानहरु उक्त खेतीतर्फ आकर्षित भएका हुन् । ती स्थानमा मात्र बगरे खेती भइरहेकामा भारतसँग जोडिएका दक्षिणी गाउँहरुमा समेत यस वर्षदेखि बगरे खेती गर्न थालिएकोे छ ।

हरदैना र कजरहवा, धनकौली महाराजगञ्ज, सिसवा, सिहोखोरलगायत स्थानमा समेत खेती गर्न थालिएको छ । खेर गइरहेको नदी किनारामा सानो लगानी गरेर उत्पादन लिन सकिने भएकाले बगरे खेतीको अवधारणाअनुसार कार्यक्रम सुरु गरिएको किसानहरुले बताए । अझ बीउबिजन सिँचाइ, तालिम पाए तरकारी खेती राम्रो हुने उनीहरुको अपेक्षा थियो ।

जिल्लाको धनकौलीमा सबैभन्दा बढी मात्रामा तरकारी गरिएकामा बिस्तारै अन्य ठाउँमा समेत यसको प्रभाव पर्दै जान थालेको छ । बगरमा बेमौसमी तरकारी र तरबुजाको खेतीबाट बालबच्चाको पढाइलेखाइ र घरखर्च गरेर पनि वर्षमा ५० हजारदेखि एक लाखसम्म जम्मा हुने गरेका किसानहरुले बताए । नदी किनारमा बलौटे माटो भएकाले तरबुजा, खरबुजा, लौका, करेला, काँक्रा, खुर्सानी, भान्टा, गोलभेँडालगायत विभिन्न किसिमका फलफूल तथा तरकारी खेती यहाँ लगाउने गरिएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu