Connect with us
Kapilvast Forest

केपी ओली र विष्णु पौडेललाई चुनाव जितेर देखाउन मेटमणीको चुनौती

२०७८, २२ चैत्र मंगलवारमा प्रकाशित

कपिवलस्तु-नेपाल कम्युनिष्ट पार्टि (एकीकृत समाजबादी) पार्टीका नेता मेटमणी चौधरीले आगामी निर्वाचनमा केपी ओली र बिष्णु पौडेललाई आफ्नो निर्वाचन छेत्रमा चुनाव जितेर देखाउन चुनौती दिनुभयो ।

एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले संविधानको खिल्ली उडाएको चौधरीले आरोप लगाउनु भयो । कपिवलस्तुको शिवराज नगरपालिकामा कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता मेटमणी चौधरीले एमाले संबिधान बिपरित काम गर्ने पार्टीको रुपमा स्थापित भएको आरोप लगाउनु भएको छ ।

मुलुकमा कम्युनिस्ट आन्दोलन जोगाउन एकीकृत समाजबादीले बिद्रोह गरेको बताउनु भयो । अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रशिक्षण कार्यक्रमा बोल्दै निर्वाचन पछि एकिकृत समाजवादी पार्टीको नेतृत्वमा सरकार बन्ने बताउनु भयो । उहाँले भन्नू भयो “एकीकृत समाजबादी बिद्रोह गरेको हो बिभाजन भएको हैन ।।”

कुनै पनि बिकासका काममा स्थानीय तह देखि केन्द्रसम्म एमालेका नेता तथा कार्यकर्ताको नाम जोडिएर आउँने आरोप लगाउनु भयो । एमालेबाट बिद्रोह गरेर छुटिनुको मुख्य कारण नै बलियो कम्युनिस्ट बनाउन रहेको नेता चौधरीको भनाई रहेको छ ।

उहाँले दलिय गठबन्धन सबै चुनावी अभियानना कायम रहने बताउनु भयो । ओलीले मुलकको बिखन्डको मुद्दा बोक्नेसिके राउतको पार्टी र राजा स्थापित गर्ने राप्रपा पार्टी ,नेपालको अस्तित्व बिगार्ने पार्टी महन्थ ठाकुरको पार्टी सङ्ग गठबन्धन गर्ने दलको समीकरण गर्न थालेको बताउनु भयो । राष्ट्र सभाको निर्वाचनमा समाप्त भैसके अब स्थानीय र संघको र्विाचनमा समाप्त हुने प्रक्रियामा रहेको चौधरीले बताउनु भयो ।

नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादि) कपिलवस्तु जिल्ला निर्वाचन क्षेत्र नं ३ कमिटिले शिवराज नगपालिकाको कपिलवस्तुमा आयोजना गरेको कार्यक्रम पार्टी अध्यक्ष एबं पूर्बप्रधानमन्त्री माधबकुमार नेपाल प्रम्ुख अतिथिको रुपमा रहनु भएको छ ।

कार्यक्रममा केन्द्रीय सचिब एबं लुम्बिनि इन्चार्ज कमरेड भागवत बिश्वासि, लुम्बिनी अध्यक्ष मेटमणि चौधरि, केन्द्रीय सदस्य क्षेत्रबहादुर खत्रि, सारदा स्वर्णकार, मिना परियार, केन्द्रीय अनुशासन आयोगको सदस्य बिरबहादुर केसि, दाँङ जिल्ला अध्यक्ष सुरामणि बेल्बासे, कपिलबस्तुको जिल्ला अध्यक्ष लंकबहादुर हमाल लगायतको उपस्थिति रहेको छ । कार्यक्रममा कपिलवस्तुका लोकप्रिय नेता डा.मञ्जुर खाँको नेतृत्वमा हजार भन्दा बढी एकीकृत समाजवादिमा प्रबेश गरेका छन ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu