Connect with us
Kapilvast Forest

शुसासन, सन्तुलन र योगदानमा आधारित उम्मेद्वार छनोट गर्छौः एमाले नेता घिमिरे

२०७८, २२ चैत्र मंगलवारमा प्रकाशित

 

कपिलवस्तु -नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य एवम् राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले शुसासन, सन्तुलन र योगदानलाई आधार मानि पार्टीले स्थानिय तहको निर्वाचनमा उम्मेद्वार छनोट गर्ने बताउनु भयो । नेता घिमिरेले एमाले जिल्ला कमिटी कपिलवस्तुको चौथो पूर्ण वैठकलाई प्रमुख अतिथीको आसनबाट सम्बोधन गर्दै यस्तो धारणा राख्नु भएको हो । वैठकलाई सम्बोधन गर्दै नेता घिमिरेले पार्टी नेतृत्व प्रति विश्वास बढने गरी पार्टीले कार्य सम्पादन गर्दै सबै पार्टी कार्यकर्तालाई उचित जिम्मेवारी प्रदान गर्ने स्पष्ट पार्नु भयो ।

पूर्ण वैठकले वैशाख ३० गते हुने निर्वाचनका निम्ति उम्मेद्वार सिफारिसका लागि चैत्र २७ गते जिल्लाका ९६ वटै वडा स्तरका वैठक र चैत्र २९ गते जिल्लाका १० वटै स्थानिय तहका पालिका स्तरका वैठकहरु सम्पन्न गर्ने निर्णय गरेको एमाले जिल्ला उपाध्यक्ष विश्राम प्रसाद थारुले बताउनु भयो । सोही वैठकले स्थानिय तहको निर्वाचनका निम्ति आवश्यक निर्णय लिन जिल्ला सचिवालयलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको जिल्ला उपसचिव अर्जुन केसीले जानकारी दिनु भयो । सोही वैठकले वडा स्तरका निर्वाचन केन्द्रित कार्यालयको उद्घाटन चैत्र २५ गते भित्र गरिसक्ने निर्णय गरेको एमाले कपिलवस्तुले जनाएको छ । वैठकले पालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, वडा सदस्य कुनै एक पदका निम्ति ३ जना सम्मको उम्मेद्वार सिफारिस गर्न सक्ने प्रक्रिया रहेको एमाले कपिलवस्तुले जनाएको छ । उम्मेद्वार सिफारिसको निर्णयलाई सम्बन्धित कमिटीको अध्यक्ष, सचिव र इन्चार्जले प्रमाणित गर्नुपर्ने प्रावधान तय गरेको जनाएको छ ।

सोही वैठकले पार्टीको पालिका स्तरका घोषणा पत्र तयारीका निम्ती जिम्मेवारी प्रदान गर्नुका साथै वैशाख ९ गते पार्टी स्थापना दिवसको अवसरमा घोषणा पत्र सार्वजनिकीकरण गर्ने एमाले जिल्ला प्रचार विभाग प्रमुख लक्ष्मण बेल्बासेले जानकारी दिनु भयो । पूर्ण वैठकमा पालिका अध्यक्ष एवम् इन्चार्जले रिपोटिङ्ग गर्नु भएको थियो ।

पूर्ण वैठकलाई सम्बोधन गर्दै एमाले केन्द्रिय सदस्य एवम् केन्द्रिय कृषि तथा पशुपक्षि विभाग प्रमुख गिरधारीलाल न्यौपानेले एमाले कसैसंग गठबन्धनबाट होइन ३ करोड नेपाली जनतालाई विश्वासमा लिएर निर्वाचनमा जाने बताउनु भयो ।

वैठकलाई सम्बोधन गर्दै नेकपा (एमाले) का केन्द्रिय सदस्य एवम् कपिलवस्तु इन्चार्ज बलराम अधिकारीले ब्यक्ति केन्द्रित नभई पार्टी केन्द्रित सूर्य चिन्हको प्रचारमा जुटन पार्टी कार्यकर्तालाई आग्रह गर्नु भयो ।

चौथो वैठकलाई सम्बोधन गर्दै एमाले नेता तथा प्रतिनिधी सभा सदस्य वृजेश कुमार गुप्ताले जिल्लामा एमाले पहिलो शक्ति रहेको जिकिर गर्दै वैशाख ३० को स्थानिय तहको निर्वाचनबाट १० वटै स्थानिय तहमा सूर्य चिन्हको झण्डा फरफराउने दावि गर्नु भयो ।

केन्द्रिय सदस्य शुसिल कुमार श्रीवास्तवले जिल्लाको दक्षिणी भेगमा उत्साह आएको जिकिर गर्नु भयो । त्यस्तै एमाले केन्द्रिय लेखा आयोगका उपाध्यक्ष विष्णु पंथीले जनलहर एमालेको पक्षमा रहेको जिकिर गर्दै एमालेको विजय निश्चित रहेको दावी गर्नु भयो ।
वैठकमा एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले एमाले प्रति जनताको आकर्षण बढदै गएको दावी गर्दै चैत्र १४ गतेको पार्टी प्रवेश तथा वृहत सभाले पार्टी प्रतिको आकर्षण बढदो रहेको पुष्टी गरेको बताउनु भयो ।

पार्टीका जिल्ला अध्यक्ष डम्मर प्रसाद शर्माको अध्यक्षता, जिल्ला सचिव सिवि गहतराजको संचालनमा सम्पन्न वैठकमा एमाले नेताहरु रामलाल काफ्ले, ईन्द्रमणी पौडेल, काशिराम बेल्बासे, साधुराम खनाल, मंगल प्रसाद गुप्ता,झविलाल पोख्रेल, काशिराम बेल्बासे, खुम आचार्य, कृष्ण पौडेल, टेकराज पौडेल, जंजिर प्रसाद चौधरी, धर्मलाल श्रीवास्तव, डम्बर शर्मा, शान्तिदेवी चमार, नेत्रराज अधिकारी, सूर्य कुमारी शाही, घरभरण यादव, बाबुराम खनाल,चक्रपाणी अर्याल,बाबुराम आचार्य, हिरालाल पौडेल,द्रोणराज सुवेदी, गुणानिधी भुसाल, रामविलास यादव, तुलाराम थारु, मेराज खाँ, जगदिश प्रसाद गुप्ता लगायतको आतिथ्यतामा सम्पन्न भएको एमाले जिल्ला प्रचार विभाग, कपिलवस्तुले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu