Connect with us
Kapilvast Forest

पिठ्युँमा बसेर भैंसी कसरी चराउनुपर्छ मलाई थाहा छ : ओली

२०७८, २२ चैत्र मंगलवारमा प्रकाशित

 

वीरगन्ज- पर्सामा विभिन्न पार्टीबाट विजय भएका तीनजना उपप्रमुख नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले पर्साले मंगलबार वीरगन्जमा आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा यहाँको बहुदरमाई नगरपालिका, सखुवाप्रसौनी गाउँपालिका र धोबीनी गाउँपालिकाका उपप्रमुख एमालेमा प्रवेश गरेका हुन् ।

 

नवप्रवेशीलाई एमाले अध्यक्ष केपी ओलीले अबिर तथा माला लगाएर स्वागत गरेका थिए ।

 

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा अध्यक्ष ओलीले केही स्वार्थी मान्छेहरुले आफूलाई मधेसविरोधी हो भन्ने हल्ला चलाएको आरोप लगाए । ‘मधेसमा बाटो बनाउने केपी ओली, एयरपोर्ट बनाउने केपी ओली, वर्षौंदेखि अवरुद्ध रहेको हुलाकी राजमार्ग निर्माण सुरु गर्ने केपी ओली कसरी मधेसविरोधी हुन्छ ?,’ पूर्वप्रधानमन्त्री ओलीले भने, ‘मधेसको पर्सादेखि महोत्तरीसम्मको खेत सिँचाईका लागि सुनकोसी मरिन डाइभर्सन मेरै सरकारको योजना हो, हामी कुरामात्र हैन, काम पनि गर्छौं ।

कार्यक्रममा ओलीले आफू पनि मधेसकै बासिन्दा रहेको दाबी गरेका थिए । ‘म आफै मधेसको मान्छे हो । ६० वर्षदेखि म मधेसको बासिन्दा हो,’ उनले भने, ‘मलाई इनार कसरी खन्नुपर्छ थाहा छ । चापाकल कसरी गाड्नु पर्छ भन्ने थाहा छ । पिठ्युँमा बसेर भैंसी कसरी चराउनुपर्छ भन्ने मलाई थाहा छ । हलो कसरी जोतिन्छ मलाई थाहा छ । म तराईको मान्छे हो ।’

पार्टी प्रवेश कार्यक्रमका लागि पछिल्लो दुई महिनामा एमाले अध्यक्ष ओली दुई पटक वीरगन्ज आइसकेका छन् । गत फागुन २८ मा अध्यक्ष ओली आउँदा वीरगन्ज महानगरपालिका मेयर विजय कुमार सरावगी एमाले प्रवेश गरेका थिए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu