Connect with us
Kapilvast Forest

ग्यास र पेट्रोलियम पदार्थको भाउ फेरि बढ्यो

२०७८, २३ चैत्र बुधबारमा प्रकाशित

काठमाडौँ- नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको छ । त्यस्तै डिजेल र मट्टितेल पनि प्रतिलिटर ५ रुपैयाँले बढेको छ । 

अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १४३ रुपैयाँ पर्ने भएको छ । त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएर १६ सय कायम गरिएको छ । आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो । निगमका अनुसार बढेको मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुने छ ।यसअघि निगमले चैत २ गते पेट्रोलियम पदार्थको भाउ बढाएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu