Connect with us
Kapilvast Forest

रोकिएका श्रमिक कोरिया जान पाउने 

२०७८, २३ चैत्र बुधबारमा प्रकाशित

 

 

काठमाडौं-कोरिया सरकारले नेपालमा कोभिड संक्रमण घट्दै गएको जनाउँदै रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत रोजगारीका लागि कोरिया जाने श्रमिकको संख्या बढाउने जनाएको छ । एचआरडी कोरिया, ईपीएस सेन्टर नेपालले हाललाई साप्ताहिक रुपमा १ उडानमार्पmत २०० देखि २५० श्रमिकलाई लैजाने जानकारी दिएको छ ।

यसैगरी केही समयपछि हप्तामा २ वटा उडानमार्फत नेपाली श्रमिक लैजानेबारे मानव संशाधन बोर्ड (एचआरडी) कोरियासँग छलफल भइरहेको छ । एचआरडी कोरियाको नेपालस्थित कार्यालयले विगतमा लागू गरेको क्वारेन्टाइन नियम सहज गरी ठूलो संख्यामा नेपाली श्रमिक लैजाने भएको हो ।

एचआरडी कोरिया ईपीएस सेन्टर नेपालका प्रमुख किम उन दकले अप्रिलबाट पिसिआर परीक्षण र क्वारेन्टाइनका लागि लागू गरिएको नियमलाई सहज बनाई साप्ताहिक रुपमा २ सय भन्दा बढी श्रमिक लैजाने जनाएका छन् ।

यसअघि रोजगार अनुमति प्रणाली अन्तर्गत कोरिया प्रवेश गर्ने नेपाली श्रमिकका लागि लागू गरिएको ७ दिनको होटल क्वारेन्टाइनलाई घटाएर उडान अघि २ रात ३ दिन र कोरिया प्रवेशपछि पिसिआर नेगेटिभ आएमा क्वारेन्टाइन बस्नु नपर्ने नयाँ नियम बनाइएको उनले बताए । “यसअघि उडान हुनु ७ दिन तथा २ दिनअघि गरिने पिसिआर र ५ घण्टा अगाडि गरिने आरडीटी परीक्षणलाई सहज बनाई उडान हुनु ४८ घण्टाअघि १ पटक मात्र पिसिआर परीक्षण गरे पुग्ने भएको छ,” उनले भने, “नेपालमा कोरोना संक्रमणदर घट्दै गएका कारण जुन महिनापछि कमिटेड श्रमिकले क्वारेन्टाइन बस्नुपर्ने नियम हट्ने छ ।”

अब कोरिया प्रवेश गर्ने नयाँ नेपाली श्रमिकले विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त कोभिड विरुद्धको खोपको पूर्ण मात्रा लगाए कोरिया प्रवेश गर्दा ३ रात ४ दिन (तालिमसहित) र कमिटेड श्रमिकको हकमा २ रात ३ दिन क्वारेन्टाइन बस्नु पर्नेछ । यसरी प्रवेश गर्ने श्रमिकले खोपको दोस्रो मात्रा १४ दिनदेखि १८० दिनभित्र लगाएको हुनु पर्ने जनाइएको छ । यसैगरी कोरिया प्रवेशको तयारीमा रहेका नेपाली श्रमिकले पूर्ण मात्राको खोप लिई सिसिएमसि बाट क्युआरकोड सहितको खोप प्रमाणपत्र समेत लिनु पर्ने छ ।

एचआरडी नेपालका प्रमुक दकले विगतमा नेपाल र कोरियामा कोभिड संक्रमण भएका कारण ठूलो संख्यामा नेपाली श्रमिक कोरिया प्रवेशमा अवरोध भएको बताउँदै अब भने कोरियाले ठूलो संख्यामा नेपाली श्रमिक लैजाने योजना बनाएको जनाए । हाल कोरियन भाषा परीक्षा पास भएर कोरिया जाने प्रतिक्षामा लगभग ६ हजार श्रमिक रहेका छन् । कोरियाले १६ राष्ट्र मध्ये पछिल्लो समय नेपाल र कम्बोडियाबाट धेरै श्रमिक लैजाने योजना बनाएको छ । कोरियाको कृषि तथा पशुपालन र उत्पादन क्षेत्रका रोजगारदाताले विगत २ वर्षयता श्रमिक अभाव झेलिरहेका कारण नेपालबाट ठूलो संख्यामा श्रमिक लैजाने जनाएको छ । कारोवार दैनिक 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu