कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिकाका १ सय ८० जग्गाधनी लालपूर्जा वितरण गरिएको छ । नगरको वडा २,३ र ५ नम्बर वडामा रहेका पाँच गाउँ ब्लकका जग्गाधनीलाई लालपूर्जा वितरण गरिएको नापी कार्यालय कपिलवस्तुका प्रमुख कैलाशनाथ पाण्डेले बताउनुभयो । लामो समयदेखि गाउँ ब्लक समस्यामा रहेको जग्गाधनीहरूले लालपूर्जा पाएपछि खुसी भएका छन् ।
लालपुर्जा वितरण गर्दै शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले नापी भएर पनि लामो समय देखि लालपूर्जा नपाएका जग्गाधनीलाई पुर्जा वितरण गरेको बताउनुभयो । शिवराजका अन्य वडाहरू पनि गाउँ ब्लक रहेको र निरन्तर लालपूर्जा वितरण गरिने उहाँले बताउनुभयो ।लालपुर्जा पाएका नागरिकहरू स्थायी बासिन्दाको रूपमा रहेकोले सरकार तथा अन्य निकायले प्रदान गर्ने सेवा सुविधा पाउने बताउनुभयो । नगरप्रमुख अधिकारीले २०२६ देखि नाप जाँच सुरु भए पनि लालपुर्जा वितरणको काम भरखरै सुरु भएको नगरभरको यो समस्यालाई समाधान गर्न आग्रह गर्नुभयो
कार्यक्रममा नगर उपप्रमुख शिवकुमारी थारुले वर्षै देखि लालपूर्जा माग गरेका नागरिकहरूले पुर्जा पाएको बताउनुभयो । शिवराजसँगै जिल्लामा रहेका गाउँ ब्लकका जग्गाको लालपुर्जा वितरण भइरहेको र अब भूमिहीन,अव्यवस्थित बसोबास लाई लालपूर्जा दिनुपर्ने बताउनुभयो । शिवराज नगरपालिका वडा न ३ का ६५ जना नागरिकहरूलाई लालपुर्जा वितरण गरिएको वडा अध्यक्ष टेकलाल सापकोटाले बताउनुभयो ।
धेरै अघि नापी भएको भए पनि विभिन्न समस्यालाई लालपुर्जाको नपाएको बताउनुभयो । कपिलवस्तुमा २०२६ साल वाट सुरु भएको गाउँ ब्लक जग्गा २०२८ मा सामान्य नापी भएको थियो । हाल सम्म जिल्लाका साबिक ८१ गाविस वाट १ हजार ९३ गाउँ ब्लक र ६७ बजार ब्लक रहेको छ । कपिलवस्तुको शिवराज नगरपालिका वडा न ३ बलुहवाका विश्वनाथ थारु लालपुर्जा पाउँदा खुसी हुनुभयो । लालपुर्जा पाउने आश मरेको भएपनि अहिले लालपुर्जा पाउँदा खुसि लागेको उँहाले बताउनुभयो ।