Connect with us
Kapilvast Forest

तीन दिनमा प्रतिवेदन पठाउन गठबन्धनको चुनाव परिचालन समितिको निर्देशन

२०७८, २४ चैत्र बिहीबारमा प्रकाशित

 

काठमाडौँ- सत्ता गठबन्धनको स्थानीय तह चुनाव तयारी, परिचालन तथा अनुगमन समितिले तीन दिनभित्र केन्द्रमा प्रतिवेदन पठाउन निर्देशन दिएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको समिति बैठकले स्थानीय तहमा गठबन्धन आबद्ध दलहरुको आवस्था र तालमेल आवश्यकताबारेको प्रतिवेदन यही २६ चैतभित्र केन्द्रमा पठाउन प्रदेश संयन्त्रलाई निर्देशन दिने निर्णय गरेको हो ।

 

 

 

‘कुन स्थानीय तहमा गठबन्धन आवश्यक छ, कुनमा छैन भन्ने प्रतिवेदन २६ गतेभित्र केन्द्रमा पठाइसक्न निर्देशन दिने समितिले निर्णय गरेको छ,’ समिति संयोजक एवं नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले भने । आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तालमेल गरेर जाने औपचारिक निर्णय गरेका सत्ता गठबन्धन सम्बद्ध दलहरुले स्थानीय तहमा आ-आफ्ना पार्टीको राजनीतिक र जनमत अवस्था बुझ्न प्रदेश, जिल्ला र पालिकास्तरीय संयुक्त संयन्त्र बनाएका छन् ।

मंगलबार बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले पौडेलको नेतृत्वमा चुनाव परिचालन समिति गठन गरेको थियो । समितिमा कांग्रेसबाट महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सदस्य छन् । त्यस्तै, नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन र देवप्रसाद गुरूङ, नेकपा एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल र नेता विजय पौडेल, जसपाबाट वरिष्ठ नेता अशोक राई र मन्त्री रेणु यादव तथा राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी सदस्य छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu