माओवादीका बागलुङ नगर कमिटी अध्यक्ष केसी एमालेमा प्रवेश
बागलुङ -नेकपा माओवादी केन्द्रका बागलुङ नगर कमिटी अध्यक्ष इन्द्र केसी (पारस) बुधवार नेकपा एमालेमा प्रवेश गर्नु भएको छ ।बागलुङमा आयोजित कार्यक्रममा एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङ सहितका नेताहरूलाई केसीलाई पार्टीमा स्वागत गर्नु भएको थियो ।केसीले एमसीसी अनुमोदन तथा कांग्रेससँगको गठबन्धन जस्ता विषयमा सैद्धान्तिक असहमति जनाउँदै हालै मात्र पार्टी परित्याग गर्नु भएको थियो ।