Connect with us
Kapilvast Forest

करिब २४ सय रुसी सैनिक युक्रेनबाट फिर्ता भएको अमेरिकाको दाबी

२०७८, २४ चैत्र बिहीबारमा प्रकाशित

काठमाडौं-रुसले आफ्ना करिब २४ सय सैनिक युक्रेनबाट फिर्ता बोलाएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ ।युक्रेनको राजधानी कीभ र चेर्निहिभ शहरमा रहेका रुसी सैनिक बेलारुस र रुसमा फिर्ता गरिएको र उनीहरुलाई पुनः सुदृढीकरण गर्न फिर्ता गरिएको अमेरिकी दाबी छ ।

तर, पेन्टागनकै एक वरिष्ठ अधिकारीले भने रुसी सेना फेरि पनि फर्किन सक्ने बताएका छन् ।कीभबाट फिर्ता गरिएका रुसी सेनाले तत्काल युद्ध लड्नसक्ने अवस्था नरहेको दाबी पनि गरिएको छ ।युक्रेन पठाइएका १३० रुसी बटालियन मध्ये ८० बटालियन अझै युक्रेनमै रहेका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj