लरियाकी उपमेयर र वडाध्यक्षसहित सयौं एमालेमा
रुपन्देही -बर्दियामा नेपाली कांग्रेस गुलरिया नगरपालिकाका उपमेयर सुशीला गिरी, वडानम्बर ६ का वडाअध्यक्ष निरज शर्मालगायतका नेपाली कांग्रेसका नेताहरु सहित माओवादी,जसपा र विभिन्न पार्टी परित्याग गरी ४ हजार ५ सय जना एमालेमा प्रवेश गरेका छन् ।
एमाले अध्यक्ष केपी ओलीले बिहीबार बर्दिया पुगेर उनीहरुलाई एमालेमा भित्राएका छन् । दिउसोको चर्को गर्मीका बाबजुत सदरमुकाम गुलरियामा भएको विशाल कार्यक्रममा स्थानीयको खचाखच रहेको थियो ।
त्यो भन्दा अगाडि बाँकेमा नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी बाँकेका उपसचिव ईश्वर थापासहित नेकपा एसकै युवा संघका केन्द्रीय सदस्य राजु तामाङसहित पाँच सय जनालाई ओलीले एमालेमा प्रवेश गराएका थिए ।
एमाले केन्द्रीय सदस्य किस्मतकुमार कक्षपतिले बाँके बर्दियामा एमालेको असाधारण जनलहर आएको बताए ।सो अवसरमा बोल्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनलाई चुनावमा हराएर देशी विदेशी प्रतिक्रियावादीको षड्यन्त्र असफल बनाउनुपर्ने जिम्मेवारी जनतामा आएको बताएका छन् । लोकतन्त्र र विकास निर्माणको कामलाई अगाडि बढाउन एमालेले जित्नुपर्ने ओलीले बताए ।
बाँके र बर्दियामा आएको लहरले ले नेपालगञ्जमा आयोजना गरेको अगुवा कार्यकर्ता भेला एवं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आगामी चुनावमा एमालेले जितेमात्रै देशको लोकतन्त्र र विकास निर्माणको काम द्रुत गतिमा अगाडि बढ्ने दावी गरे ।
ओलीले एमाले सरकारबाट हटेको नौ महिनामा देशको अर्थतन्त्र ध्वस्त भएको उल्लेख गर्दै लगानी गर्ने पूँजी नभएकाले लगानी भएन भने रोजगारी र उत्पादन अगाडि बढ्न नसक्ने बताए । अध्यक्ष ओलीले भने, ‘देशलाई झन गरीव हुनबाट बचाउन सकिदैन र यी सबै समस्याबाट पार पाउन आगामी चुनावमा एमालेलाई जिताउनुपर्छ ।’ उनले सरकारले अस्पताल र विद्यालयका आयोजनाहरु समेत बन्द गर्न थालेकाले बृद्ध भत्तासमेत बाँड्न रोक्ने आशङ्का गरे ।
ओलीले हालै बाँकेको नरैनापुरमा भएको आगलागीमा परेका १६ घरपरिवारलाई जस्तापाता र एक-एक लाख रकम दिने घोषणा गरे । मुलुकको समृद्धिका लागि स्थानीय निर्वाचनमा जनताले आफ्नो पार्टीलाई नेतृत्व दिने ओलीले बताए । उनले समृद्ध नेपालका लागि एमालेको विकल्प नरहेको समेत बताए ।
उनले गठबन्धन सरकारबाट देशको विकास हुन नसक्ने दाबी गरे । नेपाली जनताले आफ्नो पार्टीलाई विश्वास गरेको ओलीले बताए ।
ओलीले नेकपा (समाजवादी) पार्टीका उपसचिव किशोर थापासहित करिब सात सय कार्यकर्तालाई पार्टीमा प्रवेश गराएका छन् । ‘नेकपा (एस) भन्ने पार्टी बाँकेबाट साफ भएको छ । अब एसका कार्यकर्ता खोजेर पनि पाइँदैनन्,’ उनले भने,‘बाँकेमा मात्रै होइन, एमाले प्रवेशका लागि देशभर जनलहर चलेको छ ।’