Connect with us
Kapilvast Forest

चुनाव अग्रगमन र प्रतिगमनको लडाइँ हो : प्रचण्ड

२०७८, २४ चैत्र बिहीबारमा प्रकाशित

 

काठमाडौं-सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचन सामान्य निर्वाचन मात्र नभई न्याय र अन्याय, अग्रगमन र प्रतिगमन बीचको लडाइँ भएको बताउनुभएको छ।

बिहीबार सिराहामा आयोजित सहिद रामप्रताप साह प्रवेशद्वार तथा नगर अस्पताल भवन शिलान्यास कार्यक्रममा उहाँले देशमा संविधान र गणतन्त्र उल्ट्याउन दक्षिणपन्थी र हिजोका राजावादीबीच साँठगाँठ बढेको पनि बताउनुभयो।

यसकारण देशमा प्राप्त महत्वपूर्ण उपलब्धिलाई जोगाउन पनि स्थानीय, प्रादेशिक र संघीय निर्वाचनमा पार्टीले जित्नैपर्ने भन्नुहुदै उहाँले पहिला माओवादीले संघियता छोडेको भ्रम दिने कोसिस भएको बताउनुभयो।

गएको वर्षमा प्रतिगमनलाई परास्त गर्न सफल भयौं, मधेसमा जागरण, साँचो अर्थमा माया गर्ने, निरन्तर लड्ने भएकोले पनि निर्वाचनमा माओवादीको पक्षमा लहर आउने उहाँको भनाइ छ। माओवादीले जित्दा मात्रै राष्ट्र सुरक्षित छ, उहाँले भन्नुभयो।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu