Connect with us
Kapilvast Forest

महराजगंजका नगर प्रमुख कलामद्वारा सरकारी गाडी फिर्ता

२०७८, २५ चैत्र शुक्रबारमा प्रकाशित

 

कपिलवस्तु-कपिलवस्तुको महराजगंज नगरपालिकाका मेयर अब्दुल कलामले सरकारी गाडी फिर्ता गर्नु भएको छ ।निर्वाचन आचारसंहिता लागु हुनु पूर्व नै महराजगंजका प्रमुख कलामले शुक्रबार बिहान लु १ झ ३९१ नम्बरको गाडीको चाँबी प्रमुख प्रशासकीय अधिकृत रबिन्द्र चौधरीलाई हस्तान्तरण गर्नु भएको हो ।

निर्वाचन आचारसंहिता लाग्नु पूर्व नै आफूले चढ्दै आएको गाडी फिर्ता गरेको उहाँले बताउनु भयो । ‘वैशाख ३० मा हुने चुनाव स्वतन्त्र, निश्पच्छ भयरहीत हुनु पर्छ त्यसका लागि हामी सबैले निर्वाचनको आचारसंहितालाई पूर्ण पालना गर्न जरुरी छ,’ उहाँले भन्नु भयो , ‘त्यसको सुरुवात मैले आफैबाट गरेँ।’

त्त्यस्तै कपिलवस्तुका २ पालिका प्रमुखले पहिलै नै सरकारी गाडी फिर्ता गर्नु भएको थियो ।कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाह र यशोधरा गाउँपालिकाका प्रमुख गिरीजेशकुमार पाण्डेयले पालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई गाडीको चाबी हस्तान्तरण गर्नु भएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu