Connect with us
Kapilvast Forest

गाउँपालिका अध्यक्ष उठ्ने तयारीमा एमाले केन्द्रीय सदस्य उषाकिरण

२०७८, २५ चैत्र शुक्रबारमा प्रकाशित

काठमाडौं-नेकपा एमालेकी केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिने बताएकी छन्।०७९ वैशाख ३० मा हुने स्थानीय चुनावमा उनले नुवाकोटको तारकेश्वर गाउँपालिका अध्यक्षमा आफ्नो दाबी रहेको बताइन्।

‘मैले पार्टीका कमिटीहरुमा आफ्नो दाबी प्रस्तुत गरेको छु। मसँगै अरु साथीहरुको पनि दाबी छ। प्रदेश कमिटीले उम्मेदवारको टुंगो लगाउने व्यवस्था छ,’ उनले भनिन्।

आफू भ्रष्टचारविरुद्ध र विभिन्न सामाजिक विभेदविरुद्धको आन्दोलनमा लागेको उनले बताइन्।‘मैले काम गर्ने र आफैँलाई प्रमाणित गर्ने ठाउँ स्थानीय तह हो। त्यही भएर गाउँपालिका अध्यक्षमा मेरो स्वभाविक दावी हो,’ उनले भनिन्।

जनताको आधारभूत आवश्यकता कृषि, शिक्षामा परिवर्तनका लागि पनि गाँउपालिकाबाटै काम गर्न सकिने भएकाले यस्तो निर्णयमा पुगेको उनले बताइन्।’आजको समस्या भ्रष्टचार हो, गफ गर्ने तर काम नगर्ने क्षेत्र कृषि बनेको छ। कृषिमै केही गर्न सक्यो भने पनि त्यो ठूलो कुरा हुन्छ,’ उनले भनिन्।

अनेरास्ववियुको राजनीतिबाट पार्टी राजनीतिमा आएकी तिम्सिना एमालेको १० औं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी हुन्।उनले यसअघि ०७४ को स्थानीय तहको निर्वाचनमा पनि गाँउपालिका अध्यक्षमा दाबी गरेकी थिइन्। उनी त्यतिबेला नुवाकोटको जिल्ला कार्यसमितिमा थिइन्।

उनलाई गाँउपालिका उपाध्यक्षको उमेदवार बन्न भनिएको थियो।तारेश्वर गाउँपालिकामा एमालेका रमेशबहादुर वस्ती अध्यक्ष छन्। उनले नेपाली कांग्रेसका चोकराज शाक्यलाई झण्डै १ हजार मतले हराएका थिए।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu