Connect with us
Kapilvast Forest

आर्थिक वर्ष २०७८/७९ काे अन्त्यसम्म गण्डकीलाई उज्यालाे प्रदेश घाेषणा गरिने

२०७८, २५ चैत्र शुक्रबारमा प्रकाशित

कास्की – गण्डकी प्रदेश सरकारले दुई वर्षभित्रमा उज्यालो प्रदेश घोषणा गर्ने लक्ष्य लिए पनि चार वर्ष पूरा भइसक्दा पनि सबै ठाउँमा विद्युतीकरण हुन सकेको छैन । अब भने आर्थिक वर्ष २०७८/७९ को अन्त्यसम्ममा गण्डकी प्रदेशलाई उज्यालो प्रदेश घोषणा गर्ने प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले आज बिहीवार आयोजीत पत्रकार सम्मेलनमा जानकारी दिनुभयाे ।

उहाँले अहिलेसम्म पाँच हजार नाै सय ५५ घरधुरीमा नयाँ मिटर जडान गरी बत्ती बालिएको बताउनुभयाे । बाग्लुङ, नवलपरासी, कास्की र गोरखाका केही घरमा विद्युत् जडान गर्न बाँकी रहेको उहाँकाे भनाइ छ । बाँकी घरमा बत्ती जडान गरेपछि उज्यालो गण्डकी प्रदेश घोषणा गर्ने उहाँले बताउनुभयाे । सोलार प्यालनबाट ६ प्रतिशत, राष्ट्रिय विद्युत् प्रसारण लाइनबाट ९२ प्रतिशत घरधुरीमा विद्युत् पहुँच उहाँले जानकारी दिनुभयाे ।

गण्डकीलाई उज्यालो प्रदेश बनाउन नेपाल विद्युत् प्राधिकरण पोखरा र भौतिक पूर्वाधार विकास मन्त्रालयबीच ११ बुँदे सर्तसहितको सम्झौता पत्रमा हस्ताक्षर भएकाे थियो । त्यसैगरी एक घर एक धारा अन्तर्गत ९२ हजार दुई सय १९ घरधुरीमा खानेपानीको धारा जडान गरेको मन्त्री आचार्यले जानकारी दिनुभयाे ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu