कपिलवस्तुको शुद्धोदन २ बाट राज कुमारले उम्मेदवारी दिने
सनिउल्ला धोबी- कपिलवस्तुको शुद्धोदन गाउँपालिका वडा नं २ बाट युवा समाजिक अभियन्ता तथा पत्रकार राज कुमार चमारले वडा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । शिक्षित बनौँ, संगठित रहौँ र संघर्ष गरौँ मुल नारा र भ्रष्टचारी जनप्रतिनिधि बिरुद्ध पत्रकारिता बाट राजिनामा दिइ स्वच्छ राजनिति गर्नका लागि उम्मेदवारी घोषणा गरेका हुन ।
समाजिक अभियन्ता समेत रहेका राज कुमार स्थानीय तहको निर्वाचनमा वडाअध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् ।
राज कुमारले बहुजन शक्ति पार्टी नेपालबाट उम्मेदवारी दिने जानकारी दिनु भएको छ । वडाको समग्र विकासको लागि राज कुमारले उम्मेदवारी दिने न्युज सेन्टर नेपाललाई जानकारी दिनु भयो । वडाको भौतिक पुर्वाधार, स्वास्थ, शिक्षा, कृषि लगायतको क्षेत्रमा विकास गर्ने उहाले बताउनु भयो ।
राज कुमारले उम्मेदवारी घोषणा गरेसगै चोक चौराहमा चर्चा सुरु भएको छ ।