Connect with us
Kapilvast Forest

वालवालीका माथि हुने हिंसा विरुद्ध चन्द्रौटामा अन्तरक्रिया

२०७८, २६ चैत्र शनिबारमा प्रकाशित

 कपिलवस्तु-राष्टिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तुले जिल्लाको चन्द्रौटामा वालवालीका माथि हुने हिंसा विरुद्ध जनचेतनामुलक अन्तरक्रिया कार्यक्रम गरेको छ । वालवालीका माथि हुने सवै प्रकारका हिंसा लगाएत वालविवाह ,वहुविवाह र महिला हिंसा न्युनीकरणको लागी जनचेतना अभिवृद्धी गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको प्रतिष्ठानका जिल्ला अध्यक्ष विष्णुप्रसाद खतिवडाले वताउनुभयो ।

शिवराज नगरपालीका भित्रका सवै वडाहरुमा हिंसा न्युनीकरणको लागी विभिन्न अभियान चलाउदैं शुक्रवार व्यापार संघको हलमा कार्यक्रमको आयोजना गरिएको उहांले वताउनुभयो । वालकल्व ,किशोर किशोरी ,धर्मगुरु तथा सरोकारवाला संग नगरका प्रत्येक वडामा चेतनामुलक कार्यक्रम गरेको उहांले वताउनुभयो ।

कार्यक्रममा मानव अधिकार प्रतिष्ठानका केन्द्रीय अध्यक्ष भवानी खरेलले समाजमा सान्ति र सदभाव नभएसम्म मुलुकको विकास संम्भव नभएको वताउनुभएको छ ।
वालवालीका र महिला माथि हुने हिंसा विरुद्ध सरकारले प्रभावकारी अभियानहरु संचालन गर्न आवश्यक रहेको वताउनुभयो । हिसाजन्य क्रियाकलाप गर्नेलाई कानुन अनुसार कारवार्हि गर्नुपर्ने वताउनुभयो ।

कार्यक्रममा राष्टिय मानव अधिकार आयोगका प्रतिनिधि दिपक ठाकुर र कृष्ण आर्चाय , प्रदेश शभा सदस्य अर्जुन केशि ,शिवराज नगरपालीकाको उपप्रमुख शिवकुमारी चौधरी , प्रतिष्ठानका दाङका सभापति विनोद कुमार श्रेष्ठ , व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल लगाएतले संवोधन गरेका थिए । साथै अन्तरक्रिया पछि भएको भेललो मानव अधिकार प्रतिष्ठान लुम्विनी प्रदेश गठन गरेको छ । भेलाले भुमिराज भटराईको संयोजकत्वमा १५ सदस्यीय समीती गठन गरेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu