Connect with us
Kapilvast Forest

शिवराज ३ मा डिप बोरिङ्गको आयाेजना उद्घाटन

२०७८, २६ चैत्र शनिबारमा प्रकाशित

कपिलवस्तु –कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ३ साेनवर्षि डिप बाेरिङ्ग सिचाई आयाेजना सम्पन्न भएकाे छ ।संघीय सरकारको ८० लाखको लागतमा सप्पन्न डिप बाेरिङ्गकाे शुक्रबार एक कार्यक्रम का बिच लुम्बिनी प्रदेश सभासदस्य अर्जुन कुमार केसि,शिवराज नगरपालिका का नगर उप प्रमख शिवकुमारी थारु,र वडा नम्बर ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले संयुक्त रुपमा उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभासदस्य अर्जुन कुमार केसिले सिचाईबाट धेरै कृषकहरूले लाभ लिन सक्ने र सबैकाे खेतखेतसम्म पानी पुग्ने भएकाेले कृषि खेती तथा बेमौसमी तरकारी खेति लगायत अन्न उत्पादनमा ठुलाे याेग्दान पुराउने बताउनु भयो ।

यसैबीच २०७४ सालको घोषणा पत्र अनुसार साेनवर्षिमा डिप बाेरिङ्गको माग गरिएको र संघीय सरकार कृषि मन्त्रालयबाट आएको आयोजना बाट साेनवर्षि क्षेत्रको २५ बिगाहामा क्षेत्रफलमा सिचाइ गर्न सकिने भन्दै बेमौसमी तरकारी खेती तथा मुख्य बालीको रुपमा रहेको धान, गहुँ लगाएतमा उत्पादनमा वृद्धि भइ कृषक दाजु भाइहरुलाइ टेवा पुग्ने विश्वास व्याक्त गर्नु भयो । वडा नम्बर ३ तरकारी पकेट क्षेत्र घोषणा भएकोले कृषि लाई पहिलो प्राथमिकता दिइएको अध्यक्ष सापकोटाले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj