Connect with us
Kapilvast Forest

माओवादी नेता नारायणप्रसाद दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनित

२०७८, २६ चैत्र शनिबारमा प्रकाशित

काठमाडौं – चितवनका नारायणप्रसाद दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनित भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले दाहाललाई राष्ट्रिय सभा सदस्य मनोनित गरेकी हुन् ।

नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ‘ख’ बमोजिम नेपाल सरकारको सिफारिसमा चितवनका दाहाललाई राष्ट्रियसभामा मनोनित गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

संविधानमा ३ जना राष्ट्रिय सभा सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ । यसअघि राष्ट्रपतिले मनोनित गरेका रामनारायण बिडारीको समय सकिएपछि रित्त पदमा दाहाल नियुक्त भएका हुन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भाइ उनी माओवादीको कोटाबाट राष्ट्रिय सभा सदस्य बनेका हुन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu