Connect with us
Kapilvast Forest

पालिका प्रमुख र उपप्रमुख उम्मेदवारको नाम आन्तरिक मतभारका आधारमा टुंग्याउँदै एमाले

२०७८, २७ चैत्र आईतवारमा प्रकाशित

झापा-स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले झापाका पालिका प्रमुख र उपप्रमुख पदमा आकांक्षा राख्ने उम्मेदवारको नाम आन्तरिक मतभारका आधारमा टुंगो लगाउन थालेको छ। तर, यो अन्तिम टुंगो नभएको नेकपा एमाले झापाले जनाएको छ।

शुक्रबार झापाका १५ वटै पालिकाका स्थानिय कमिटी र टोल कमिटीका पदाधिकारीले स्थानीय तहको प्रमुखमा २ र उपप्रमुख पदमा २ जनाको नाममा गोप्य मतदान गरेका थिए। विर्तामोडको मेयरका लागि भएको मतदानमा बहालवाला उपमेयर पवित्रा महतारा प्रसाईले सबैभन्दा बढी मतभार ल्याएकी छन्। त्यस्तै, दोस्रो नम्बरमा प्रदेश सांसद एकराज कार्की र तेस्रो नम्बरमा विर्तामोड २ का वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौला रहेका छन्।

मेयरका लागि बहालवाला मेयर ध्रुबकुमार शिवाकोटी, उपमेयर पवित्रा महतारा प्रसाई , प्रदेश सांसद एकराज कार्की, उमानाथ ओली र वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौलाले आकांक्षा राखेर उम्मेदवारी दिएका थिए।

त्यस्तै, उपमेयरमा देवराज कार्कीले सबभन्दा बढी मतभार ल्याएका छन्। त्यसपछि दोस्रो नम्बरमा भीमा शिवाकोटी र तेस्रो नम्बरमा गणेश पोखरेल रहेका छन्। उपमेयरका लागि बद्री भट्टराई, देवराज कार्की, गणेश पोखरेल, प्रविण पोखरेल र भीमा शिवाकोटीले इच्छा राखेर निवेदन दिएका थिए।

त्यस्तै, भद्रपुर नगरपालिकाको मेयरका आकांक्षीका लागि भएको मतदानमा असारु राजवंशी पहिलो नम्बरमा छन् भने जीवनकुमार श्रेष्ठ दोस्रो नम्बरमा छन्। श्रेष्ठ बहालवाला नगर प्रमुख हुन्। नगर प्रमुख पदकी चन्द्रा श्रेष्ठ तेस्रो भएकी छन्।

त्यस्तै, मेचीनगरमा मेयरको दौडमा प्रदेश सांसद गोपाल बुढाथोकी र बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा मिरा भुर्तेल पहिलो भएको नेकपा एमाले झापाको सचिवालय स्रोतले जनाएको छ।

यता, शिवसताक्षी नगरपालिकामा स्थानीय कमिटीका अध्यक्ष मेघाहाङ थोप्रा (रोशन), राधा कृष्ण खनाल र चन्द्र कुमार शेर्मा क्रमश: पहिलो, दोस्रो र तेस्रो नम्बरमा छन्। शेर्मा बहालवाला नगर प्रमुख हुन्।

उपप्रमुख पदका लागि भोजकुमारी नेपाल र भरत इन्दिरा बस्नेत शीर्ष स्थानमा छन्। अन्य पालिकामा सहमतिबाटै टुंगो लगाउने प्रयास भइरहेको स्थानीय कमिटीले जनाएको छ।

अर्जुन धारा नगरपालिकामा बलदेव शिङ गामदेलको नाम नगर प्रमुखमा सहमति भएको छ। उपप्रमुखको आज साँझसम्ममा टुंगो लाग्ने नगर कमिटीका एक नेताले बताए।

यता बुद्ध शान्ति गाउँपालिकामा आज आन्तरिक मतभारका आधारमा पालिका प्रमुखको टुंगो लाग्दैछ। पालिकाको उपप्रमुख मिरा भुर्तेलकोको नाम शीर्ष स्थानमा रहेको स्रोतले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu