Connect with us
Kapilvast Forest

लुम्बिनीमा आवश्यकताअनुसार मात्रै गठबन्धन हुन्छ : सभापति पुन

२०७८, २७ चैत्र आईतवारमा प्रकाशित

रुपन्देही-नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले प्रदेशमा आवश्यकताअनुसार गठबन्धन हुने बताएका छन् ।प्रदेशका सबै जिल्लाहरूमा गठबन्धन हुने सहमति दलहरुबीच भए पनि केही जिल्ला तथा स्थानीय तहहरूमा आवश्यकता अनुसार नै आफ्नो पार्टीले गठबन्धन गर्ने उनले बताए ।

उनले भने- प्रदेशका १२ वटै जिल्लामा कांग्रेससहित ५ दलीय गठबन्धनबाट चुनाव लड्ने लड्ने तयारी भए पनि केही जिल्लाका केही स्थानीय तहमा भने आवश्यकताअनुसार कांग्रेसले गठबन्धन गर्नेछ ।

 

प्रेस युनियनले आइतबार सन्धिखर्कमा गरेको पत्रकार भेटघाटमा उनले कुन जिल्ला र तहमा आवश्यकता छ भन्ने कुरा खुलाएनन् ।‘कांग्रेसको पार्टी बैठकले स्थानीय तहमा कुन ठाउँमा आवश्यक हुन्छ, त्यही स्थानीय तहमा गठबन्धन गरेर जान्छौँ,’ उनले भने ।

कांग्रेस केन्द्रीय समिति बैठकमा गठबन्धनको विपक्षमा आफ्नो धारणा राखेका सभापति पुनले भन, ‘गठबन्धन नगरी कांग्रेस एक्लै चुनाव लड्नुपर्छ भन्ने मत राखेको थिएँ, मैले पार्टीको केन्द्रीय समितिको बैठकमा, पार्टीले नै स्थानीय तहमा आवश्यकताअनुसार गठबन्धन गर्ने निर्णय गरेको छ त्यही निर्णयअनुसार स्थानीय आवश्यकतालाई ध्यान दिएर अगाडि बढ्छौँ ।’

सभापति पुनले गठबन्धनका लागि अर्घाखाँची कांग्रेस नेताहरूसँग छलफल गर्नका लागि पुगेका हुन् ।

२०७४ को स्थानीय तह निर्वाचनमा ६ स्थानीय तहमध्ये छत्रदेव र पाणिनि गाउँपालिकामा कांग्रेस एक्लै लडेर जितेको थियो भने ४ पालिकामा कांग्रेस-माओवादी गठबन्धन भएको थियो । त्यसमध्ये ३ तहमा गठबन्धन उम्मेदवार विजयी भएका थिए । मालारानीमा गठबन्धनलाई हराउँदै एमाले विजयी भएको थियो ।

त्यसै गरी कांग्रेस-माओवादी गठबन्धनबाट भूमिका स्थान नगरपालिका प्रमुखमा जितेका रेमश थापा माओवादी छाडेर अहिले एमालेमा लागेका छन् भने एमालेबाट पाणिनिको उपाध्यक्षमा निर्वाचित लक्ष्मी गौतम कांग्रेसमा प्रवेश गरेकी छन् ।

अर्घाखाँची कांग्रेस सभापति केशव श्रेष्ठको संयोजकमा फागुन २९ गते नै ५ दलीय संयन्त्र गठन भएर पालिका स्तरमा संयुक्त बैठक बसेर कार्यक्रम सञ्चालन भइरहेपनि गठबन्धनमा रहेका दलहरूको दाबी एक आपसमा बाझिएकाले असन्तुष्टि बढ्दै गएको छ ।

कांग्रेसले माओवादी, एकीकृत समाजवादी र जनमोर्चालाई एक-एक पालिका दिने प्रस्ताव गरे पनि माओवादीले मानेको छैन ।जसपाले पनि आफ्नो उपस्थिति खोजेपछि भागबन्डा मिलाउनै समस्या भएको कांग्रेस नेताको भनाइ छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu