Connect with us
Kapilvast Forest

अर्थमन्त्रीलाई असहयोग गरेका कारण गभर्नरमाथि कारबाही:प्रधानमन्त्री

२०७८, २८ चैत्र सोमबारमा प्रकाशित

काठमाडौंं – प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्रीलाई असहयोग गरेका कारण गभर्नरलाई कारबाही गर्नु परेको स्पष्टीकरण लिनु भएको छ ।

सरकारले शुक्रबार गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ समिति बनाएको थियो ।

 

त्यससँगै अधिकारी स्वतः निलम्बनमा परेका छन् । गभर्नरमाथि थालिएको कारबाहीको चौतर्फी आलोचना भएको छ । सोमबार सत्तारुढ दलहरुको बैठकमा नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापा र नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले अर्थतन्त्रको संकट र गभर्नरमाथि थालेको कारबाहीबारे प्रश्न गरेका थिए ।प्रधानमन्त्री देउवाले भन्नु भयो अर्थमन्त्रीलाई असहयोग गरेका भनेको कारण कारबाही गरेको बताउनु भएको छ ।

 

उहाँका अनुसार आफूलाई काम गर्न नदिएको र आफूले गरेका सबै काममा असहयोग गरेको अर्थमन्त्रीको गुनासो थियो ।सत्तारुढ दलको बैठकमा प्रधानमन्त्री देउवाले भनेका छन्, ‘अर्थमन्त्रीजीले मलाई गभर्नरले एकदम धेरै असहयोग गर्‍यो भन्नुभयो । यस्तो बेलामा गभर्नरले सहयोग त गर्नुपर्‍यो नि

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu