Connect with us
Kapilvast Forest

देशमा विकास भएको देख्न चाहने महिलाहरू राजनीतिमा आउनुहोस् : आरजु देउवा

२०७८, २८ चैत्र सोमबारमा प्रकाशित

काठमाडौँ – संविधान सभा सदस्य तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले देशमा विकास भएको देख्न चाहने महिलाहरू राजनीतिमा आउनुपर्ने बताएकी छिन् ।

 

सोमबार नारी मासिकद्वारा आयोजित कार्यक्रम ‘निर्भीक नारी’ का किनोट स्पिचका क्रममा देउवाले सबै महिला राजनीतिमा आउनुपर्ने बताएकी हुन् ।

अझै पनि महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआएको उल्लेख गर्दै उनले भनिन्, ‘निडर महिला हुनलाई म राजनीतिमा आएँ । देश विकास भएको देख्न चाहनुहुन्छ भने सबै महिलाहरु राजनीतिमा आउनुपर्छ ।’

 

त्यस्तै महिला र पुरुषको हुर्काइमा पनि विशेष ध्यान दिनुपर्नेमा जोड दिइन् । हुर्काइदेखि नै महिला र पुरुषमा विभेद गरिने कुरा उल्लेख गर्दै देउवाले हुर्काइमा समानता भए धेरै सुधार हुने बताइन् । आफ्ना अभिभावकले आफूलाई दाजुभाइलाई झैं नै हुर्काएको पनि उनले बताइन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu