Connect with us
Kapilvast Forest

एमालेबाट गाउँपालिका अध्यक्षको उम्मेदवारमा २७ वर्षीय स्ववियु सभापतिको नाम सिफारिस

२०७८, २८ चैत्र सोमबारमा प्रकाशित

 

 

कञ्चनपुर -नेकपा (एमाले) ले कञ्चनपुर बेल्डाडीले पालिका प्रमुखमा २७ वर्षीय स्ववियु सभापतिको नाम सिफारिस गरेको छ ।आज बसेको एमालेको बैठकले पालिका प्रमुखका लागि २७ वर्षीय इन्द्र पौडेलसहित सात जनाको नाम सिफारिस गरेको हो । पौडेल इन्जिनियर समेत हुन् ।

विद्यार्थी राजनीतिक मा सक्रिय उनी पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस पोखराका स्ववियु सभापति समेत हुन् । उनी अहिले अहिले अनेरास्ववियुको सचिवालय सदस्य छन् ।

 

सिफारिस हुनेहरूमा २०७४ को स्थानीय निर्वाचनमा विजयी पालिका अध्यक्ष धनबहादुर थापा समेत रहेका छन् ।यस्तै गणेश उपाध्याय, अक्कल विष्ट, कमल रोकाया, कमला कार्की, भीमबहादुर थापा र लक्षण भाँटको नाम पनि सिफारिस भएको छ ।