Connect with us
Kapilvast Forest

उपमेयर सिग्देलको दाबी : मेयर दिनुस्, नभए सांसद बनाउनुस्

२०७९, १ बैशाख बिहीबारमा प्रकाशित

काठमाडौं -दाङको घोराही उपमहानगरपालिकाकी उपमेयर सीता सिग्देल न्यौपानेले मेयरको टिकट पाउने नपाउने अनिश्चित छ । हालका मेयर नरुलाल चौधरी आफैं दोहोरिन चाहेका छन् भने अरू पनि मेयरको आकांक्षी छन् ।

उपमेयर न्यौपानेले पनि चुनावी दौडधुप थालिसकेकी छन् । नेताहरूलाई भेटेर टिकटका लागि लबिइङ गरिरहेकी उनी कार्यकर्ता र मतदातासम्म पनि पुग्ने गरेकी छन् । सिग्देलले मेयरमा दाबी गरेकी मात्रै छैनन्, पार्टीले उपमेयरमा उठ भने अस्वीकार गर्ने चेतावनी दिएकी छन् ।

 

‘पार्टीले भने पनि म उपमेयरमा दोहोरिन्नँ । फेरि दोहोरिएर जागिर खाएझैँ गर्दिनँ । दिए मेयरमा दिनुस्, नभए योभन्दा माथि (संघीय सांसद) दिनुस्,’ पार्टीलाई भनेको सुनाउँदै उनले थपिन्, ‘मेरो क्षमताको विकास गर्न परेन ? मैले कहिले क्षमता विकास गर्ने ?’

पार्टीले टिकट पाए जितेर देखाउने उनी बताउँछिन् । पाँच दलीय गठबन्धन एकातिर र एमाले अर्कोतिर भयो भने आफूले मेयरको टिकट पाए जित्ने उनको दाबी छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu