Connect with us
Kapilvast Forest

फरक विचार र सैद्धान्तिक पृष्ठभूमिका दुई दलसंग एमालेको तालमेल

२०७९, १ बैशाख बिहीबारमा प्रकाशित

 

काठमाडौं-सत्तारुढ ५ दलको गठबन्धनविरुद्ध आगामी स्थानीय तह निर्वाचनका लागि प्रतिपक्षी एमालेले फरक विचार र सैद्धान्तिक पृष्ठभूमि भएका दुई दलसँग तालमेलको घोषणा गरेको छ । सत्तारुढ गठबन्धनविरुद्ध एक्लै प्रतिस्पर्धा गर्ने बताउँदै आएको एमालेले कमल थापा नेतृत्वको राप्रपा नेपाल र नेपाल परिवार दलसँग तालमेलको नीति लिएको हो । सहमति अनुसार, ती दुवै दलका उम्मेदवारले स्थानीय तहको चुनावमा सूर्य चिन्ह लिएर प्रतिस्पर्धा गर्ने भएका छन् ।

त्यस्तै, राप्रपा नेपाल र परिवार दलले आफ्ना उम्मेदवार नभएका स्थानमा एमालेलाई सघाउने र एमालेले ती दललाई सहयोग गर्ने भएका छन् । दुई पार्टीवीचको ५ वूदे सहमति पत्रमा एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशील श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।

राजतन्त्र पुर्नवहालीको एजेण्डा त्याग गर्दै हिन्दू राष्ट्रको मुद्धा मात्र उठाएको राप्रपा नेपालसँग एमालेले चुनावी तालमेल गरेको हो । केही महिनाअघि राप्रपाको एकता महाधिवेशनमा अध्यक्ष पराजित भएपछि नेता कमल थापाले राप्रपा नेपाल व्युत्याउनुभएको थियो ।

एमालेले चुनावी तालमेल गरेका राप्रपा नेपाल र परिवार दल, राष्ट्रिय मान्यता नपाएका दल हुन् । विगतमा संविधानसभामा प्रतिनिधित्व गरेको नेपाल परिवार दलले समेत एमालेकै चुनाव चिन्ह लिएर प्रतिस्पर्धा गर्न सहमत जनाएको छ । ती दलवीचको सहमतिमा एमालेका स्थानीय विकास विभाग प्रमुख दाहाल र परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलले हस्ताक्षर गर्नुभएको छ । फरक विचार राख्ने सत्तारुढ दलवीच गठबन्धन भएको भन्दै आलोचना गर्दै आएको एमाले नेतृत्व आफैले पनि विचार नमिल्ने दलसँग चुनावी तालमेलको नीति अंगीकार गरेको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj