Connect with us
Kapilvast Forest

बुद्धभुमीका ६० जना राप्रपामा प्रवेश

२०७९, २ बैशाख शुक्रबारमा प्रकाशित

कपिलवस्तु– कपिलवस्तुको बुद्धभुमी नगरपालिकाको मुख्य ब्यापारीक नगरी गोरुसिङ्गेमा अन्य पार्टी परित्याग गरि ६० जना राप्रपामा प्रवेश गरेका छन ।
राप्रपाको नीति सिद्धान्त राम्रो रहेकोले राप्रपा प्रवेश गरेको नव प्रवेशीहरुलाई स्वागत गरेको राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप कुमार उदयले बताउनु भयो ।
कार्यक्रमको प्रमुख अतिथी समेत रहेका लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप कुमार उदयले नव प्रवेशी कार्यकर्ताहरुलाई स्थानीय तहको निर्वाचनमा होमिनका लागि अनुरोध गर्नु भयो । सो कार्यक्रमका विशिष्ट अतिथि धार्मिक अभियान्ता अभिषेक जोशीले राप्रपा नै नेपाली जनताको वस्तविक पार्टी भएको बताउनु भयो । राप्रपाले अब देशको मुहार फेर्ने जोसीले जानकारी दिनुभयो ।
कार्यक्रममा केन्द्रीय सदस्य धुर्ब रायमाझी र प्रदेश सचिब राजन अधिकारी,जिल्ला अध्यक्ष नारायण बहादुर सिंह लगायतको उपस्थिति रहेको लुम्बिनी प्रदेश कोषाध्यक्ष सइद अहमद शाहले जानकारी दिनुभयो ।

उक्त कार्यक्रम राप्रपा बुद्धभुमी नगर अध्यक्ष लिला खरेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।
पछिल्लो समय राप्रपा जनताको लोकप्रीय पार्टीको रुपमा स्थापित हुँदै गएको लुम्बिनी प्रदेशका कोषाध्यक्ष सइद अहमद शाहले बताउनु भएको छ ।
राप्रपाले स्थानीय तहको निर्वाचन लक्षित कार्यक्रमलाई तिब्रता दिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu