नेपाल सरकारद्वारा महिन्द्रा कम्पनीको एमपी-३०३० धानको बीउ सिफारिस
सनिउल्ला धोबी, कपिलवस्तु– नेपाल सरकारले नयाँ उन्नत जातको हाइब्रीड धान बीउ सिफारिस गरेकोछ । नेपालमा अधिक उत्पादन हुने धानको रुपमा महिन्द्रा एग्री कम्पनीको हाईव्रीड धानको बीउ एम-पि ३०३० र एमपिआर रिसर्च धानको विउ ५०५ सरकारले सिफारिस गरेको हो ।
कपिलवस्तुका १० स्थानीय तहका कृषि अधिकृत, कृषि शाखाका कर्मचारी र ६० जनाभन्दा बढी धानको बीउ विक्रेताहरुसगँ अन्तरक्रिया कार्यक्रम आयोजना गरी नेपाल सरकारले सिफारिस गरेको धानको विउको बारेमा जानकारी दिइएको छ ।
जिल्लाको शिवराज नगरपालिका स्थित लुम्बिनी ग्रीन रिसोर्टमा आयोजित विक्रेताहरुसगँको अन्तरक्रीया कार्यक्रममा महिन्द्रा एग्रीको हाईव्रीड धान MP-3030 र रिसर्च धान MPR-505 को बारेमा जानकारी गराइएको हो ।
छिमेकी मुलुक भारतको उत्तर प्रदेश र नेपाल हेर्ने जनरल म्यानेजर अरुण सिंह बघेलले हाईब्रीड र रिसर्च धानको बारेमा जिल्लाका विक्रेताहरुलाई जानकारी दिनुभएको थियो ।
नेपालमा दुई बर्ष परिक्षण पश्चात् मात्र सरकारले सिफारिस गरेको बघेलले बताउनु भयो । नेपालको जुनसुकै स्थानमा कम समयमा अधिक बाली लाग्ने mp- 3030 धानको विउ नेपाल सरकारले सिफारिस गरेकोमा बघेलले सरकारलाई धन्यवाद समेत दिनुभयो ।
कपिलवस्तुको तौलिहवामा रहेको युनिक एग्रो सेन्टर एण्ड रुपक भेटफर्मा मार्फत कपिलवस्तुमा महिन्द्रा एग्रीको हाईव्रीड धान MP-3030 र रिसर्च धान MPR-505 पाइने आधिकारिक वितरकको रुपमा रहेको छ ।
युनिक एग्रो सेन्टर एण्ड रुपक भेटफर्माले साविक लुम्बिनी अन्चलको सबै जिल्लामा धान वितरण गर्ने रुपक गुप्ताले जानकारी दिनुभयो । आगामी धानको सिजनका लागि कृषकहरुको रोजाइ महिन्द्रा एग्रीको हाईव्रीड धान MP-3030 र रिसर्च धान MPR-505 रहने युनिक एग्रो सेन्टर एण्ड रुपक भेटफर्माका प्रोपाईटर रुपक गुप्ताले बताउनु भयो ।
कार्यक्रममा बलरामपुर हेड्क्वाटरका अखिलेश यादव, कपिलवस्तु जिल्ला हेर्ने सन्दिप मौर्यले धानको विषेशताको बारेमा जानकारी दिनुभएको थियो ।