शिक्षा क्षेत्रमा फड्को मारेको कृष्णनगर
न्युजसेन्टर नेपाल-कपिलवस्तुको कृष्णनगर नगरपालिकाले सबभन्दा बढी लगानी शिक्षा क्षेत्रमा गरेकाे छ । शिक्षा क्षेत्रमा राम्रो उपलब्धि भएको कृष्णनगर बासीले जनाएका छन् ।
नगरपालिकाले आर्थिक बर्ष ०७८/०७९ मा शिक्षा क्षेत्रमा भौतिक निर्माण लगायतकाे शिक्षासंग सम्बंधित क्षेत्रमा बढी लगानी गरेकाे कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले जानकारी दिनुभयो ।
शिक्षा क्षेत्रकाे बिकासमा विद्यालय पुर्वाधार निर्माण लगायत विशेष याेजना नै संचालन गरी आगाडी शिक्षा क्षेत्र अघि बढेकाे नगर प्रमुख शाहले बताउनु भयो । कृष्णनगर नगरपालिकाभित्र हाल ६ वटा माध्यमिक विद्यालय संचालनमा रहेका छन । माध्यमिक विद्यालयबाट हजारौं विद्यार्थी लाभान्वित भएका छन् ।

जनप्रतिनिधि निर्वाचित हुनुभन्दा पहिला कुल ४ वटा माध्यमिक विद्यालयमा नगरक्षेत्रका विद्यार्थी चाप धान्नै नसक्ने अवस्था थियाे ।
कृष्णनगर नगरपालिकाले शिक्षालाई प्राथमिकताका साथ सबै वडामा रहेका अधारभूत विद्यालयहरुमा पुर्वाधार निर्माण लगायत स्वयंसेवक शिक्षकको व्यवस्थापन समेत गरी शिक्षण गराउदै आएकाे प्रमुख प्रशासकीय अधिकृत राम चन्द्र ढकालले जानकारी दिनु भयो ।
अपर्याप्त बजेट र संघ केन्द्र सरकारकाे उदासिनताले कृष्णनगरले आफ्नै बजेटमा केही क्षेत्रमा बिकास गरे तापनि अझ धेरै सुधार गर्दै लैजानुपर्ने योजना शाखाका प्रमुख शाकिर शाहले जानकारी दिनुभयो ।
बिकास नियमित प्रक्रिया भएकाले नगर विकास गर्दै आएको र विकासका हरेक सम्भावना पहिचान गरि नगर लाई व्यवस्थित बनाउन तत्पर रहेको शाहले बताउनु भयो ।
कृष्णनगरमा स्थानीय पाठ्यक्रम बनाउने तयारी भइरहेको छ । नियमित विद्यालयहरूमा अनुगमन भइ रहेको शैक्षिक सुधारका हरेक सम्भव प्रयास गर्दै आएको कृष्णनगर नगरपालिका शिक्षा शाखा प्रमुख बलराम पन्थीले जानकारी दिनुभयो।