Connect with us
Kapilvast Forest

चितुवाको छालासहित ४ जना बुढानीलकण्ठबाट पक्राउ

२०७९, ४ बैशाख आईतवारमा प्रकाशित

काठमाडौं- प्रहरीले दुर्लभ वन्‍यजन्तु चितुवाको छालासहित चारजनालाई पक्राउ गरेको छ ।काठमाण्डौंको बुढानीलकण्ठ नगरपालिका ८ गोल्फुटार र काठमाडौं महानगर-३ स्थित सीमानामा रहेको पुर्वपश्‍चिक गेष्ट हाउसमा चेकजाँच गर्दा प्रहरी प्रभाग बुढानीलकण्ठले उनीहरुलाई पक्राउ गरेको हो ।

 

पक्राउ पर्नेमा चन्द्रकोट गाउँपालिका-७ झापा बस्‍ने ३५ वर्षीय विष्णु सुनार, खिजिघोम्बा गाउँपालिका-९ घर भई हाल चाँगुनारायण -५ बस्‍ने २९ वर्षीया फुरी शेर्पा, गजुरी गाउँपालिका-५ घर भई चाँगुनारायण ५ बस्‍ने विनोद श्रेष्ठ र कमलामाई नगरपालिका-४ हिरापानी घर भई हाल ललितपुर पाटन बस्‍ने ३० वर्षीय विकास पुर्कुटी रहेका छन् ।

 

प्रहरीले उनीहरुको साथबाट पुच्छरसहित ४.५ फिट लम्बाई र २ फिट चौडाई रहेको चितुवाको छाला, साथबाट पुच्छरसहित ६.९ फिट लम्बाई र ३ फिट चौडाई रहेको चितुवाको छाला, चितुवाको टाउँको र ओप्पो मोबाइल तथा सामुङ मोबाइल बरामद गरेको छ ।

 

पक्राउ परेका उनीहरुलाई आवश्‍यक कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता एवं एसपी दिनेराजन मैनालीले बताए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu