Connect with us
Kapilvast Forest

बालुवाटारमा शीर्ष नेतासहित गठबन्धनको चुनावी समिति बैठक जारी

२०७९, ५ बैशाख सोमबारमा प्रकाशित

काठमाडौं-प्रधानमन्त्रीको निवास बालुवाटारमा सत्तारूढ गठबन्धनका शीर्ष नेतासहित चुनावी तयारी तथा अनुगमन समितिको बैठक बसेको छ।आज बिहान बसेको बैठकमा महानगर र उपमहानगर भागबन्डा गर्नेबारे छलफल भइरहेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनमा रहेका पाँच दलका शीर्ष नेता र रामचन्द्र पौडेल संयोजक रहेको चुनावी समितिका सदस्यहरू बैठकमा सहभागी छन्।

छ महानगरमध्ये कांग्रेसलाई काठमाडौं, ललितपुर र विराटनगर लिन गठबन्धनभित्र प्रस्ताव छ। पोखरा एकीकृत समाजवादीले दाबी गरेको छ भने भरतपुरमा नेकपा माओवादी केन्द्रको दाबी छ।

जसपाले वीरगञ्जको मेयर दाबी गरेको छ। ११ उपमहानगरहरूमा पनि दलहरूले आफ्ना दाबी पेश गरेका छन्।पाँचदलीय गठबन्धनले मेयर र उपमेयरमा भागबन्डा गर्न लागेका छन्। ०७४ को मतभार हेरेर चुनावी गठबन्धन गर्ने तयारी छ।वैशाख ३० मा हुने स्थानीय चुनावका लागि वैशाख ११ र १२ मा मनोनयन दर्ता गर्नुपर्ने निर्वाचन आयोगको कार्यतालिका छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu