Connect with us
Kapilvast Forest

चुनावमा गठबन्धन गर्नुपर्छ भनेर जबर्जस्ती निर्णय लाद्नु हुँदैन : गगन थापा

२०७९, ५ बैशाख सोमबारमा प्रकाशित

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तल्लो तहका कार्यकर्ताहरुले गठबन्धन नगरी चुनाव लड्नुपर्छ भनिरहेको बेला गठबन्धन गर्नुपर्छ भनेर माथिबाट निर्णय लाद्न नहुने बताएका छन् ।

काठमाडौं क्षेत्र नम्बर ४ मा पार्टी कार्यकर्ताहरुको प्रशिक्षण कार्यक्रममा थापाले सो कुरा बताएका हुन् । उनले जबरजस्ती निर्णय लाद्दा चुनावमा सोचेको भन्दा फरक परिणाम हुने बताए । आफूले सुरुदेखि नै नेतृत्व तहमा यही कुरा राखिरहेको उनले जानकारी दिए ।

 

‘निर्वाचन पछाडि आफ्नो बहुमत नपुग्दा कसैसँग मिलेर सरकार बनाउने भन्ने संसदीय व्यवस्था अनुसार स्वाभाविक हुन्छ, तर निर्वाचनभन्दा पहिले नै तालमेल गरेर चुनावमा जित्नको लागि जाने भन्ने कुरा हाम्रो लागि स्वाभाविक कुरा होइन,’ थापाले भने ।

उनले कांग्रेसको चुनाव चिह्नबाट चुनाव लडेर जितेका जनप्रतिनिधिहरुले स्थानीय तहमा एक रुपैयाँ पनि अपचलन गर्दैनौं भनेर प्रतिबद्धता जनाउनुपर्ने उनले बताए । ‘म जितेर आएँ, जे पनि गर्छु भनेर हुँदैन । म एक्लै हुँ भनेर भन्न पाइँदैन,’ थापाले भने ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu