Connect with us
Kapilvast Forest

लुम्बिनी प्रदेशमा चुनावी तीव्रता : ३२ लाखभन्दा बढी मतदाता, ३ हजार ८ सय ३२ मतदान केन्द्र

२०७९, ५ बैशाख सोमबारमा प्रकाशित

दाङ – वैशाख ३० गते हुने पालिकाको चुनावकाे तयारी तीव्र रुपमा भइरहेको छ । लुम्बिनी प्रदेशमा प्रदेश निर्वाचन कार्यालय दाङ, राजनीतिक दल तथा सुरक्षा निकाय आआफ्नै किसिमले चुनावकाे तयारीमा जुटेका हुन्।

राजनीतिक दल उम्मेदवार छान्न व्यस्त छन् भने निर्वाचन कार्यालय आवश्यक सामग्री खरिददेखि आन्तरिक तयारीसम्मका काममा व्यस्त रहेको छ ।

लुम्बिनी प्रदेशका १२ जिल्लाका १ सय ९ पालिकामा ३२ लाखभन्दा बढी मतदाताले यस पटकको निर्वाचनमा मतदान गर्दैछन् । यी मतदाताका लागि लुम्बिनी प्रदेश भर एक हजार ६ सय २९ मतदान स्थलमा ३ हजार ८ सय ३२ मतदान केन्द्र निर्धारण गरिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

ती मतदान केन्द्रलाई सुरक्षाको दृष्टिकाेणले अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा विभाजन गरेर त्यहीअनुसारको सुरक्षा तयारी गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । १२ वटै जिल्लाका जिल्ला निर्वाचन कार्यालयहरु अहिले चुनावका लागि आवश्यक सामग्रीहरु खरिद, आवश्यक जनशक्तिको आकलनदेखि अन्य आन्तरिक तयारीमा व्यस्त रहेकोा प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनको तयारी अन्तरगत मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको तालिम सम्पन्न भइसकेको छ भने कम्प्युटर अप्रेटरको तालिम नेपालगञ्जमा भइरहेको कार्यालयले जनाएको छ ।

चार वटा उपमहानगरपालिका रहेको लुम्बिनी प्रदेशमा सबैभन्दा बढी मतदाता घोराही उपमहानगरपालिकामा एक लाख १२ हजारभन्दा बढी रहेका छन् । जुन २०७४ सालको चुनावको भन्दा ३४ हजार ५ सयले बढी हो ।

यस्तै, दोश्रो बढी मतदाता रहेको तुलसीपुर उपमहानगरपालिकामा २०७४ सालको भन्दा ३० हजार ७ सय ८४ मतदाता थपिएर यस पटक एक लाख ७ हजार पुगेका छन् । बुटवल उपमहानगरपालिकामा ९० हजार मतदाता रहेका छन् भने नेपालगञ्ज उपमहानगरपालिकामा ८१ हजार मतदाताले यस पटकको पालिकाको निर्वाचनमा सहभागिता जनाउँदै छन् ।

प्रदेशमा कृयाशील राजनीतिक दलहरु उम्मेदवार छनाेटमा व्यस्त रहेका छन् । वडा तहबाट सम्भावित उम्मेदवारको नाम माथिल्लो कमिटीमा पठाइसकेको र माथिल्ला कमिटीहरुले उम्मेदवार छनाेट पक्रिया अन्तिम चरणमा पुर्याएको राजनीतिक दलहरुले जनाएका छन् ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu