Connect with us
Kapilvast Forest

बाणगंगालाई पूर्ण कोभिड –१९ खोप प्राप्त पालिका घोषणा गरिदैँ

२०७९, ५ बैशाख सोमबारमा प्रकाशित

badganga

कपिलवस्तु – कपिलवस्तुको बाणगंगा नगरपालिकालाई बैशाख ९ गते कोभिड बिरुद्धको पूर्ण खोप प्राप्त नगरको रुपमा घोषणा गरिने भएको छ । जसका लागि अहिले बाणगंगा नगरपालिकाको स्वास्थ्य शाखाले अध्ययनको कामलाई करिब अन्तिम चरणमा पु¥याएको नगर स्वास्थ्य शाखा प्रमूख ठगराज पोडेलले बताउनुभयो ।

बाणगंगामा १२ वर्ष माथिका सतप्रतिशत नागरिकले कोभिड १९ बिरुद्धको पूर्ण मात्रा खोप लगाएको नगर स्वास्थ्य शाखाले जनाएको छ । केही साता यता गाउँगाउँमा स्वास्थ्य स्वयमसेवीका र कर्मचारीको टोलीले सुचकहरु पुरा गर्न नागरिकहरुको घर घरमा तथ्याङ्क संकलन गरेको मोतिपुर स्वास्थ्य चौकी प्रमूख हिमलाल घिमिरले जानकारी दिनुभयो ।

अहिले कोभिड बिरुद्ध पूर्ण मात्रा खोप लगाएका नागरिकहरुको संख्या करिब ७६ हजार भन्दा बढी पुगेको नगरपालिकाले जनाएको छ । यता बैशाख ९ गते पूर्ण खोप प्राप्त नगर घोषणाका लागि तयारी भइरहेको स्वास्थ्य शाखा प्रमूख पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार वडाहरुमा स्वास्थ्य चौकीहरुले स्वास्थ्य स्वयमसेवीकाहरुसँग अभिमुखिकरण गरिरहेको र सोको तथ्याङ्क पूर्ण मात्रामा नगरमा आइसकेपछि नगरपालिकालाई पूर्ण खोप प्राप्त नगर घोषणा गर्ने तयारी नगरपालिकाको छ ।

मोतिपुर स्वास्थ्य चौकी प्रमूख हिमलाल घिमिरेका अनुसार वाणगंगाका दुई वडाहरु वडा नम्बर ७ र ८ का १५ जना महिला स्वासथ्य स्वयंसेविकाहरुलाई सोमबार अभिमुखिकरण गरिएको छ । सुआहाराको आर्थिक सहयोगमा स्वास्थ्य चौकीले आयोजना गरेको कार्यक्रम मार्फत उनीहरुलाई अभिमुखिकरण गरिएको घिमिरेले जानकारी दिनुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu