बझाङमा भूकम्पको धक्का
काठमाडौँ-बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार बिहान ६ बजेर ३ मिनेटमा बझाङमा भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
बझाङको सैनापसेला भन्ने ठाउँलाई केन्द्रविन्दु बनाएर ४.१ म्याग्नेच्युटको भूकम्प गएको हो ।भूकम्पको धक्का बझाङसहित छिमेकी जिल्ला दार्चुला, बझाङसम्म पुगेको थियो ।