सचिव गहतराजको जन्मउत्सवमा विद्यालयमा सहयोग
कपिलवस्तु-नेकपा एमाले कपिलवस्तुका सचिव चन्द्र बहादुर गहतराज (सि वि ) ले आफनो नन्म उत्सवको अवसरमा विध्यालयलाई पंखा सहयो गर्नुृ भएको छ । उहाँले मंगलबार (आज) परेको जन्म दिनको अवसरमा कपिलवस्तुको शिवराज नगरपालिका वडा नं १ करहिया स्थित मनकामना आधारभुत बिधालयमा सहयोग गरेको गहतराजले बताउनुभयो।
बालबािलका भविष्यका कण्धार भएकोले गर्मियाममा बालबालिकालाई पठन पाठन कार्य गर्न सहयोग पुराउन सानो सहयोग स्वरूप ३ थान पंखा सहयोग गरेको नेकपा एमाले जिल्ला सचिव समेत रहेका सि।बि गहतराजले बताउनुभयो ।
गहतराजको यस्तो कार्यबाट अरूले पनि प्रेरणा लिनुपर्ने भन्दै प्रधानाध्यापक सुनिता थारूले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।कार्यक्रम बिध्यालयले ब्यवस्थापन समिति अध्यक्ष नाथुराम थारूको अध्यक्षता र कल्पना काफ्लेको संचालनमा सम्पन्न भएको थियो ।