Connect with us
Kapilvast Forest

ओलीलाई युवाको प्रश्न- २४ वर्षमा मलाई टिकट दिनुहुन्छ कि ७ करोड दिने व्यापारीलाई ?

२०७९, ७ बैशाख बुधबारमा प्रकाशित

 

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले ललितपुरको गोदावरीमा ‘युवासँग म ! विशेष अन्तरक्रिया कार्यक्रम’ गरिरहेका छन् । कार्यक्रममा युवाहरूले अहिले अध्यक्ष ओलीसँग आफ्ना अनुभव र प्रश्नहरू राखिरहेका छन् ।

यो सामाग्री तयार पार्दासम्म झण्डै एक दर्जन युवाहरूले प्रश्न र धारणा राखेका छन् । छन् जसमा प्रश्नहरू निकै पेचिलो र राज्य संयन्त्रमा देखिएका कमीकमजोरीको बारेमा केन्द्रित छन् ।

काठमाडौं स्कुल अफ लमा अध्ययनरत २० वर्षीय सरोज भट्टराईले केपी ओलीजस्तै आफ्नो पनि प्रधानमन्त्री बन्ने सपना भएको बताउँदै ३५ वर्षको उमेरमा प्रधानमन्त्री बन्ने चाहना रहेको बताए । ‘पार्टीगत जाँदा त्यसमा सम्भव होला कि, बुढाहरूको झोला बोकेर ६० वर्षमा जाँदा उपयुक्त होला ?,’ उनले प्रश्न सोधे ।

यस्तै उनले २० वर्ष भएको बताउँदै २४ वर्षको उमेरमा आफूलाई सिद्धार्थनगरको टिकट दिने की नदिने भनेर प्रश्न सोधे । उनले भने, ‘म कानून पढिरहेको छु । राजनीतिमा चासो छ । २४ वर्षको उमेरमा सिद्धार्थनगरको टिकट मैले लिन चाहेँ र कोही ७ करोड बोकेर आए त्यस्तो अवस्थामा उसलाई टिकट दिनुहुन्छ कि मलाई ?’

सर्वोच्च अदालतमा अहिले न्यायाधीश पनि पार्टीकै भएको उनले दाबी गरे । ‘म च्यालेञ्ज दिएर भन्न सक्छु सर्वोच्चको कुन न्यायाधीश कुन पार्टीको भन्न सक्छु,’ उनले भने,‘न्यायाधीश हुन पनि कुनै पार्टीको झोला बोक्नुपर्छ ?’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu