Connect with us
Kapilvast Forest

एमालेलाई खरिद गर्न सम्भव छैन : ओली

२०७९, ७ बैशाख बुधबारमा प्रकाशित

काठमाडौं -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नातावादलाई नमान्ने बताएका छन् ।बुधबार काठमाडौंमा आयोजित ‘युवासँग म’ अन्तर्क्रिया कार्यक्रममा उनले एमालेले नातावाद कृपावाद स्वीकार नगर्ने दावी गरे ।

 

‘एमालेमा नो नेपोटजिम, नो फेबरिजम, मेरो नजरमा सबै युवाहरु सबै बालबालिका छोराछोरी हुन्’ उनले भने । ओलीले एमालेले ‘गणेश प्रवृत्ति’लाई स्वीकार नगर्ने पनि बताए ।

सो कार्यक्रममा एक युवकले ओलीलाई एक युवा र ७ करोड लिएर आउने व्यक्ति कसलाई छान्नुहुन्छ भनेर प्रश्न गरेका थिए । जवाफमा ओलीले अनुचित पैसा र अनुचित कारोबार एमालेले स्वीकार नगर्ने बताए ।उनले एमालेलाई खरिद गर्न सम्भव नभएको पनि बताए ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu