घर दैलो अभियानमा व्यस्त युवा नेता शाह
कपिलवस्तु-कपिलवस्तुको कृष्ण नगरको राजनितिमा चुनावी सरगर्मी बढेको छ ।आगामि वैशाख ३० गतेहुने स्थिानिय तहको चुनावको चहलपहल गाउँ टोल टालमा बढ्न थालेको छ। निर्वाचनको मिति नजिकिँदै गर्दा मुलुकभर चुनावी सरगर्मी बढेको छ।
प्रमुख दलका शीर्ष नेता देखि स्थानिय तहका नेताहरु चुनावी प्रचारमा जुटिरहेका छन् भने सम्बन्धित क्षेत्रका उम्मेद्वार घर दैलो अभियानमा व्यस्त छन । निर्वाचनको मिति नजिकिँदै गर्दा कृष्णनगरका युवा नेता कुनाल प्रताप शाह घर दैलोमा पुगेर अहोरात्र खटेर ब्यस्त भएका छन । नेकपा एमाले वाट कृष्णनगरबाट एयस पदमा नाम सिफारीस भएका शाह कृष्णनगरमा एमालेको विजयी गराउन लागि परेका छन ।
शाह घर दैलो कार्यक्रम अन्तर्गत भिल्मी,पुर्षोत्तमपुर,अजिगरा,बहादुरगंज,विद्यानगर,रामनगर र भगवानपुरसहित कृष्णनगर नगरपालिकाका टोलटोलमा पुगेका छन ।कृष्ण्ननगरका बलियो उम्मेदवारको रुपमा रहेका शाह सगै एमाले कृष्णनष्रले मेयर पदका लागिथ ४ जनाको नाम जिल्लामा सिफारीस गरेको छ । यदि पार्टीले टिकट दिएमा कृष्णनगरवाट एमालेलाई विजयी बनाउने अठोटका साथमा राजनितिमा सकृय भएर लागेका छन ।