Connect with us
Kapilvast Forest

धरानमा वडाध्यक्षको पनि भागबण्डा, वडामा एउटै चुनाव चिह्नबाट लड्ने सहमति

२०७९, ८ बैशाख बिहीबारमा प्रकाशित

विराटनगर-सत्तारुढ गठबन्धनले धरान उपमहानगरपालिकामा वडा तहसम्म भागबण्डा मिलाएका छन् । शीर्ष नेताहरूले मेयर र उपमेयरको भागबन्डा गरेलगतै गठबन्धनमा रहेका दलहरूले वडा तहसम्म तालमेल गर्ने निर्णय गरेका हुन् ।

माओवादी केन्द्रका नेता आइन्द्रबिक्रम बेघाका अनुसार धरानमा कांग्रेसले मेयरसहित १, २, ५, ६,७, ८, ९, ११, १२, १३, १४, १६ र १८ गरी १३ वटा वडाको वडाअध्यक्ष पाएको छ ।

 

यस्तै माओवादी केन्द्रले उपमेयरसहित चारवटा वडा ३, १५, १७ र २० को वडाअध्यक्ष पाएको छ भने जसपाको भागमा १० र १९ वडा अध्यक्ष र एकीकृत समाजवादीको भागमा वडा नम्बर ४ को वडाध्यक्ष परेको छ ।

मेयर उपमेयरले भने आ-आफ्नो पार्टीको चुनावबाट लड्नेछन् भने वडामा सबै दलका उम्मेदवारले एउटै चुनाव चिह्नबाट लड्ने सहमति गरेका छन् । ‘वडामा जुन पार्टीले वडा अध्यक्षको टिकट पाएको छ, सोही पार्टीको चुनाव चिह्नबाट सदस्यहरू उम्मेदवार बन्ने सहमति भएको छ’ उनले भने, ‘केन्द्रको फरक निर्देशन आएन भनेसहमति अनुसार अघि बढ्छौं ।’

 

वडामा सबै दलको प्रतिनिधित्व हुने उनले बताए । ‘केही वडामा बाँकी छ, अधिकांश वडा सदस्यमा सहमति गरेका छौं’ उनले भने, ‘वडामा गठबन्धनमा रहेकादलहरूको प्रतिनिधित्व हुन्छ ।’

धरानमा वडा अध्यक्षको टिकट लिनेले सदस्य अरु पार्टीलाई छोड्नु पर्नेछ ।

२०७४ को निर्वाचनमा धरानमा नेकपा एमालेले मेयर उपमेयरसहित १४ वटा वडामा विजयी भएको थियो । नेकपा माओवादी केन्द्रले १ र कांग्रेसले पाँचवटा वडा जितेको थियो । मेयर तारा सुब्बाको निधनपछि उपनिर्वाचनमा धरानमा काङ्ग्रेसबाटउम्मेदवार बनेका तिलक राईले मेयर जितेका थिए ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu