कांग्रेसबाट मायादेवीको अध्यक्षमा वलिउद्दिनको नाम सिफारिस
कपिलवस्तु – नेपाली कांग्रेस कपिलवस्तुले मायादेवी नेपाली कांग्रेसबाट मायादेवी गाउँपालिकाको अध्यक्षमा वलिउद्दिनको नाम सिफारिस गरिएको छ । क्षेत्रीय सभापति समेत रहनु भएका खानलाई मायादेवी गाउँपालिकामा अध्यक्षको उम्मेदवार बनाउने तयारी गरेको हो ।
गएको स्थानीय निर्वाचनमा अध्यक्षको उम्मेदवार समेत रहनु भएका खान यस क्षेत्रका चर्चित नेता हुनुन्छ। गाउँपालिकाको पार्टी कार्यालय बोल्दै पालिका सभापति शैलेन्द्र दुबेले जनताको लोकप्रिय नेता खानलाई गाउँपालिकाको अध्यक्षमा सिफारिस भएको बताउनुभयो ।
जनता र पार्टी कार्यकर्ताको चाहना अनुसार खानलाई अध्यक्षको उम्मेदवार बनाउने पार्टीको योजना रहेको भन्दै यसपालि चुनावमा जिताएर देखाउन आग्रह गर्नु भयो । अन्य ठाँउमा गठबन्धनको सम्भावना रहेको भन्दै नेता दुबेले मायादेवीमा पार्टी बलियो रहेकाले यहाँ कङ्रेसले नछाड्नु पर्नेमा जोड दिनु भयो । सचिब अब्दुल लातिफ खानले पार्टी मायादेवीमा कङ्रेस प्रति नागरिकको विश्वास बढेको भन्दै यसले चुनाव जित्ने सम्भावना बढाएको बताउनुभयो ।
पार्टीका नेता मेवालाल यादवले सबैको लोकप्रिय र शान्त स्वभाव रहेको भन्दै मायादेवीको मुहार फेर्नका लागि रुखमा भोट दिनको लागि अग्राह गरेको बताउनुभयो । आफूहरू पार्टीको निर्माणमा जुटेको भन्दै जनताको विश्वास पाउनेमा यादवले विश्वास व्यक्त गर्नुभयो ।