जप्रपा नेपालले सबै स्थानीय तहमा उम्मेदवार उठाउने
कपिलवस्तु– जनता प्रगतिशील पार्टी नेपालका केन्द्रिय उपाध्यक्ष फरहान अकबाल खाँले स्थानीय तहको निर्वाचनमा सबै स्थानीय तहमा आफ्नो पार्टीको उम्मेदवारले उम्मेदवारी दिने जानकारी दिनु भएको छ ।
कपिलवस्तुको चन्द्रौटामा पत्रकारहरुसगँ कुराकानी गर्दै उपाध्यक्ष खाँले सबै ठाँउमा उम्मेदवारीको टुङ्गो लागिसकेको बताउनु भयो ।
अहिले ठूलो पार्टीबाट नागरिक आजित भएकोले अबको वैकल्पिक पार्टी जनता प्रगतिशील पार्टी नेपाल रहेको उपाध्यक्ष खाँने जानकारी दिनुभयो ।
जनता प्रगतिशील पार्टीका महासचिव इश्वर दयाल मिश्रले अबको निर्वाचनमा हाम्रो पार्टीका उम्मेदवार बिजयी हुने सुनिश्चित भएको दावी गर्नु भयो । वैशाख ३० गते स्थानीय तहको निर्वाचनमा कपिलवस्तु जप्रपामय हुने मिश्रले बताउनु भयो ।