Connect with us
Kapilvast Forest

मोरङमा ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०७९, १० बैशाख शनिबारमा प्रकाशित

accident

 

काठमाडौं – मोरङको पथरी शनिश्चरे नगरपालिका–३ आइतबारेमा शुक्रबार बेलुकी ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।को २ त २८३२ नम्बरको ट्याक्टरले ठक्कर दिँदा पैदल हिडिरहेका रतुवामाई नगरपालिका २ इटहराका ४२ वर्षीय दिनेश भण्डारीको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा मंगलबारे स्थित ट्रमा सेन्टरमा मृत्यु भएको हो ।ट्याक्टर सहित चालकलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ ।