Connect with us
Kapilvast Forest

शिवराज २ मा राप्रपाको पार्टी कार्यालय उदघाटन

२०७९, १० बैशाख शनिबारमा प्रकाशित


कपिलवस्तु-राष्ट्रिय प्रजातन्त्र पार्टी शिवराज नगरपालिका वडा न २ को पार्टी कार्यालय उदघाटन भएको छ । आज (सनिवार ) एक कार्यक्रमका विच वलापुर बजारको मुख्य चोकमा पार्टी कार्यलाय उदघाटन गरेको हो।

सोहि समारोहमा वडा न २ को वडा अध्यक्ष पदको उम्मेदवारको रुपमा मदन पाठकलाई अध्यक्ष पदको उम्मेद्वार घोषण गरेको छ । कार्यक्रममा राप्रपा लुम्बिनी प्रदेश कोषाध्यक्ष एवम राप्रपा शिवराज नगरपालिकाका मेयर पदका उम्मेदवार सइद अहमद शाहले विकाश गर्छु भनेर भोट मागेर चुनाव जितेका अन्य दलले विनास गरेको जनाउँदै राप्रका को चुनावि एजेण्डा भ्रष्टचार मुक्त देश वनाउनु रहेको बताए ।उनले भने यो चुनावमा राप्रपाले इतिहास रच्छ ।हाम्रो चनावि अभियान राजा आउ देश वचाउ हो । छिटै पुरा हुन्छ उनले भने ।

।कार्यक्रममा राप्रपा शिवराज उपमेयर पदकि उम्मेदवार विपासा चौधरीले अन्य राजनितिक दलहरुले देश वनाउँछौ भन्दै देश खोक्रो पारि सके देश वचाउने विकलपको पार्टी राप्रपा मात्रै रहेको बताई । गाउँ गाउँ सिंह दरवार ल्याउछौ भनेका नेताले देशका मुख्य सहरमा आफना घर ठडाए कसरी विकाश हुन्छ उनले भनिन। कार्यक्रमा वडा न २ को वडा अध्यक्ष पदको उम्मेदवारको रुपमा उठेका पाठकले सत्यको पछि लाग्नेहरु राप्रपालाइ रोज्ने बताए । साथै सबै वढावासिहरुलाई आफनो पक्षमा लाग्न अनुरोध समेत गरे

राप्रपा वडा २ का सभापति जीवन काफलेको अध्यक्षतामासम्पन्न कार्यक्रममा राप्रपा शिवराजका नेता तथा कार्यकर्ताको बाक्लो सहभागिता रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj