विजयनगरमा पाठेघर खस्ने राेगकाे नि:शुल्क शिविर
कपिलवस्तु-कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा पाठेघर खस्ने राेगकाे नि:शुल्क शिविर सञ्चालन गरिएको छ । गाउँपालिकाकाे वडा नम्बर १ मा रहेकाे दूधाधारी माध्यमिक विद्यालय गुगाैलीमा शनिबारदेखि पाठेघर खस्ने राेगकाे नि:शुल्क शिविर सुरु गरिएकाे स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीले जानकारी दिनुभएको छ । उहाँले पाठेघर खस्ने राेग सम्बन्धी फिल्टर गरेर महिलालाई सेवा प्रदान गर्नका लागि गाउँपालिकाले उक्त शिविरकाे आयाेजना गरिएकाे बताउनुभयो ।
कार्यक्रमलाई सम्बाेधन गर्दै गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले पाठेघर खस्ने जटिल समस्याकाे रुपमा रहेकाेले याे राेग निवारणका लागि यस नि:शुल्क शिविरबाट महिलनहरुले धेरै भन्दा धेरै सेवा लिनुपर्ने बताउनुभयाे । अध्यक्ष थापाले आधारभूत स्वास्थ्य सेवाका लागि विजयनगरबाट बाहिर उपचार गराउन जानुपर्ने बाध्यता हटेकाे बताउनुभयो । उहाँले स्थानीय सरकार आएपछि विजयनगरले स्वास्थ्य सेवा क्षेत्रमा उल्लेखनीय फड्को मारेकाे बताउनुभयो ।
उहाँले ३ वटा बर्थिङ सेन्टर, स्वास्थ्य चाैकी, आर्युवेदिक औषधालय र प्रत्येक वडामा आधारभूत स्वास्थ्य सेवा इकाई केन्द्र स्थापना गर्न सफल भएको बताउनुभयो । सबै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुले सहजरूपमा सेवा प्रदान गरिरहेकाे बताउँदै गर्भवती महिलालाई डेलिभरीका लागि नि:शुल्क एम्बुलेन्स सेवासमेत उपलब्ध गराएकाे बताउनुभयाे ।
वडा नम्बर ६ बद्दाैरमा १५ सय्याकाे अस्पतालसमेत २ वर्षभित्र सञ्चालन भइसक्ने अध्यक्ष थापाले बताउनुभयो । सामान्य उपचारका लागि बुटवल, भैरहवा र भारतकाे विभिन्न ठाउँमा अब जानु नपर्ने र सर्वसुलभ सेवा आफ्नै ठाउँमा पाउन सजिलो भएकाे जिकिर गर्नुभयो ।
कार्यक्रममा सिनियर अ.हे.ब. इन्द्र भण्डारी लगायत स्वास्थ्यकर्मीहरुकाे उपस्थिति रहेकाे थियाे ।