Connect with us
Kapilvast Forest

पाल्पामा गठबन्धनकाे भागबण्डा टुंगियाे, कांग्रेसलाई ६ पालिका

२०७९, १० बैशाख शनिबारमा प्रकाशित

 

 

पाल्पा – वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि पाल्पामा गठबन्धनले भागबण्डा टुंगो लगाएको छ ।शनिबार बसेको गठबन्धनको बैंठकले पाल्पाका १० वटा स्थानीय तहमा भागबण्डा टुंगो लगाएको हो । नेपाली कांग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठको संयोजकत्वमा बसेको बैठकले नेपाली कांग्रेसलाई ६, नेकपा (माओवादी केन्द्र)लाई २, नेकपा एस (एकीकृत समाजवादी)लाई २ वटा पालिका दिने गरी भागबण्डको टुंगो लागेको हो ।

नेपाली कांग्रेसले निस्दी गाउँपालिका, रामपुर नगरपालिका, माथागढी गाउँपालिका, बगनासकाली गाउँपालिका, तानसेन नगरपालिका र रैनादेवी छहरा गाउँपालिकामा अध्यक्ष/प्रमुख पाएको छ ।

यस्तै, नेकपा एसले पूर्वखोला गाउँपालिका र रम्भा गाउँपालिकामा अध्यक्ष पाउँदा माओवादी केन्द्रको भागमा तिनाउ गाउँपालिका र रिब्दीकोट गाउँपालिका परेको छ ।

यस्तै नेपाली कांग्रेसको उपप्रमुख÷उपाध्यक्ष पदका लागि रामपुर नगरपालिका, पूर्वखोला गाउँपालिका, रम्भा गाउँपालिका, माथागढी गाउँपालिका, तिनाउ गाउँपालिका र रिब्दीकोट गाउँपालिका परेको छ ।

नेकपा एस (एकीकृत समाजवादी)को भागमा उपाध्यक्ष पदका लागि बगनासकाली गाउँपालिका परेको छ भने माओवादी केन्द्रको भागमा निस्दी गाउँपालिका, तानसेन नगरपालिका र रैनादेवी छहरा गाउँपालिका परेका छन् ।

वडाको बाँडफाँट भने सम्बन्धित पालिकाले लगाउने छन् । पालिका बाँडफाट भए पनि उम्मेदवारको भने अहिलेसम्म टुंगो लागेको छैन ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu