Connect with us
Kapilvast Forest

नौ महीनामा नेपालीले सेवन गरे १८ लाख केजी सुर्ती

२०७९, १० बैशाख शनिबारमा प्रकाशित

काठमाडौं- नेपालमा मासिक २ लाख केजी सुर्ति आयात हुने गरेको पाइएको छ । चालु आर्थिक वर्षको ९ महीनाको आयात अनुसार औषत मासिक २ लाख केजी सुर्ति आयात हुने गरेको हो ।

चालु आर्थिक वर्षको ९ महीना (साउन–चैत)मा १८ लाख ७ हजार ८७१ केजी सुर्ति आयात भएको भन्सार विभागको तथ्यांक छ ।

विभागका अनुसार २ हजार १६० केजी जर्दा तथा चपाउने सुर्ती तथा सुर्ती मिसिएका सामग्री आयात भएको छ ।

त्यस्तै प्याकिङ गरिएको सुर्ती ८५३ केजी, चुरोट तथा बिडी २३ हजार ३२ केजी, वाटर पाइप टोबाको १८४ केजी, काटिएको सुर्ती १६ लाख ६५ हजार ४९५ केजी, हुक्का फ्लेवर ९१ हजार ६६२ केजी र अन्य सुर्ती २७ हजार ५२८ केजी आयात भएको छ ।

सरकारले सुर्ती तथा सुर्तीजन्य पदार्थबाट १ अर्ब २६ करोड ४७ लाख ४७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu