Connect with us
Kapilvast Forest

नौ महिनामा ५१ अर्ब एक करोड नाफा आम्दानी

२०७९, ११ बैशाख आईतवारमा प्रकाशित

 

काठमाडौं – चालू आथिक वर्षको चैत मसान्तसम्ममा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकरुले कुल ५१ अर्ब एक करोड ७८ लाख २८ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । बैंकहरुले कमाएको यो नाफा गत आवको सोही अवधिको तुलनामा १० प्रतिशत अर्थात् २७ करोड ५३ लाख ११ हजार रुपैयाँले बढी हो । बैंकहरुले सार्वजनिक गरेको चालू आवको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार गत आवको सोही अवधिमा यस्तो नाफा ५० अर्ब ७४ करोड २५ लाख १० हजार रुपैयाँ रहेको थियो ।

चालू आवको तेस्रो त्रैमासिकमा सबैभन्दा नाफा ग्लोबल आईएमई बैंकले कमाएको छ । ग्लोबलले तीन अर्ब ७२ करोड ६२ लाख १२ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा एनआईसी एसियाले तीन अर्ब ५० करोड ४५ लाख ९८ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।

गत आवको सोही अवधिमा यी दुई बैंकहरुको यस्तो नाफा क्रमशः तीन अर्ब ५७ करोड ८२ लाख ६९ हजार र तीन अर्ब ६१ लाख १५ हजार रुपैयाँ रहेको थियो । चालू आवको तेस्रो त्रैमासिकमा नबिल र प्राइम कमर्सियल बैंक भने बढी नाफा कमाउने तेस्रो र चौथो ठूलो बैंक बन्न सफल भएका छन् । यस अवधिमा नबिलले तीन अर्ब २५ करोड २० लाख ४३ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा प्राइमले दुई अर्ब ७२ करोड २० लाख २० हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।

गत आवको सोही अवधिमा भने यी बैंकहरुको यस्तो नाफा तीन अर्ब ६७ करोड ९८ लाख ७० हजार र दुई अर्ब ८१ करोड ७६ लाख ७६ हजार रुपैयाँ रहेको थियो । एनएमबी भने चालू आवको तेस्रो त्रैमासिकमा दुई अर्ब ६६ करोड ५२ लाख ९१ हजार रुपैयाँ खुद मुनाफा कमाएको आधारमा बढी नाफा कमाउने पाँचौँ ठूलो बैंक बनेको छ । गत आवको सोही अवधिमा एनएमबीको यस्तो नाफा दुई अर्ब ५१ करोड ६४ लाख ८७ हजार रुपैयाँ रहेको थियो ।

चालू आवको तेस्रो त्रैमासिकमा राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र नेपाल बैंकले भने क्रमशः दुई अर्ब ६१ करोड ६७ लाख १९ हजार, दुई अर्ब ४७ करोड ७२ लाख २१ हजार र दुई अर्ब १९ करोड २९ लाख २१ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा यि बैंकहरुको यस्तो नाफा क्रमशः तीन अर्ब २७ करोड ८५ हजार, दुई अर्ब ८४ करोड ७१ लाख ३१ हजार र दुई अर्ब २६ करोड २२ लाख ७७ हजार रुपैयाँ रहेको छ । मेगा, सिद्धार्थ र सिटिजन्स बैंक इन्टरनेशनलले भने चालू आवको तेस्रो त्रैमासिकमा क्रमशः दुई अर्ब एक करोड ४५ लाख ३४ हजार, दुई अर्ब आठ करोड ८५ लाख ६१ हजार र एक अर्ब ५८ करोड ९६ लाख ५१ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् ।

गत आवको सोही अवधिमा यी बैंकहरुले क्रमशः एक अर्ब ९७ करोड २७ लाख ५५ हजार, दुई अर्ब छ करोड ५२ लाख ३८ हजार र एक अर्ब ५४ करोड ५३ लाख ४० हजार रुपैयाँ खुद मुनाफा कमाएका थिए । यसैगरी नेपाल बंगलादेश बैंक, कृषि विकास बैंक, कुमारी बैंक र हिमालयन बैंकले पनि चालू आवको तेस्रो त्रैमासिकमा क्रमशः एक अर्ब ११ करोड ११ लाख ३७ हजार, एक अर्ब ९० करोड ५३ लाख ९३ हजार, एक अर्ब ८० करोड २७ लाख ७१ हजार र एक अर्ब ३९ करोड १५ लाख ७८ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा यी बैंकहरुले क्रमशः एक अर्ब ६३ करोड ८४ लाख नौ हजार, दुई अर्ब सात करोड ३० लाख ६१ हजार, एक अर्ब ८० करोड ८४ लाख ८३ हजार र एक अर्ब २८ करोड ७१ लाख ५७ हजार रुपैयाँ खुद मुनाफा कमाएका थिए ।

यसैगरी एभरेष्ट, स्ट्यान्डर्ड चार्टर्ड, प्रभु र माछापुच्छे« बैंकले भने चालू आवको तेस्रो त्रैमासिकमा क्रमशः एक अर्ब ५१ करोड ६३ लाख २४ हजार, एक अर्ब ८२ करोड ८७ लाख ७४ हजार, एक अर्ब ७५ करोड २९ लाख २३ हजार र एक अर्ब ५५ करोड १७ लाख ७२ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् ।

गत आवको सोही अवधिमा भने यी बैंकहरुले क्रमशः एक अर्ब ५० करोड ७४ लाख ४६ हजार, एक अर्ब ८३ करोड २७ लाख ५० हजार, दुई अर्ब १० करोड ९६ लाख सात हजार र एक अर्ब २९ करोड छ लाख १२ हजार रुपैयाँ खुद मुनाफा कमाएका थिए । सानिमा, एनसीसी, सेञ्चुरी कमर्सियल र नेपाल एसबीआई बैंकले भने चालू आवको तेस्रो त्रैमासिकमा क्रमशः एक अर्ब ५९ करोड २६ लाख २३ हजार, एक अर्ब ४८ करोड ७७ लाख २२ हजार, एक अर्ब एक करोड ५६ लाख ८३ हजार र एक अर्ब ३० करोड २२ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा यी बैंकहरुको यस्तो नाफा क्रमशः एक अर्ब ८५ करोड ६१ लाख ६९ हजार, एक अर्ब १० करोड ११ लाख ८० हजार, ३५ करोड ८१ लाख ५० हजार र ८७ करोड ८६ लाख ४६ हजार रुपैयाँ रहेको थियो ।

Open photo
चालू आवको तेस्रो त्रैमासिक अवधिमा सनराइज, सिभिल, बैंक अफ काठमाण्डू र लक्ष्मी बैंकले भने क्रमशः एक अर्ब २७ करोड ७३ लाख ९७ हजार, ९० करोड ४१ लाख २३ हजार, ८७ करोड सात लाख ८१ हजार र ८५ करोड ८९ लाख ६७ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा भने यि बैंकहरुको यस्तो नाफा क्रमशः एक अर्ब १३ करोड ४२ हजार, ५० करोड २५ लाख ५५ हजार, एक अर्ब १६ करोड ९३ लाख ४२ हजार र एक अर्ब २८ करोड ८० लाख ८४ हजार रुपैयाँ रहेको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu