को हुन शिवराज :मेयर पदका उम्मेदवार पोख्रेल
अर्जुन बेल्बासे ,कपिलवस्तु-
स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले शिवराजले मेयर पदको उम्मेदवारको रुपमा शिवरजका प्रभावसालि युवा नेता महादेव पोख्रेललाई खडा गरेको छ । एमाले शिवराजका उपाध्यक्ष समेत रहेका युवा नेता शिवराजमा लोकप्रिय नेताको रुपमा छवि बनाएका छन् ।
को हुन महादेव पोख्रेल
पाल्पाको सोमादिमा सामान्य परिवारमा दोस्रो सन्ताानको रुपमा जन्मिएकाका पोख्रेल सानै देखि मेहनेति स्वभावका थिए । सानै देखि सामाजिक कार्यमा सरिक रहेका पोख्रेलले स्नातक तह सम्म अध्ययन गरेर अध्यानलाई विट मारे ।
सानै उमेर देखि परिवारको जिम्मेवारी वहन गरेका पोख्रेल वि स २०४० मा वसाइसरेर कपिलवस्तुको साविकको लालपुर गा.वि समा आएका उनि ४ वर्षको त्यहाँको वसाई पछि चन्द्रौटा वजारमा बर्सा सरि आए पछि सामान्य इलेक्टोनिक्स पसललबाट ब्यार सुरु गरेका पोख्रेल अहिले चन्द्रौटाका मुख्य ब्यापारीका स्पमा पनि चिनिन्छन ।कपिलवस्तुको शिवराजका विभिन्न संस्थामा आवद्द पोख्रेल ब्यापार संघ कपिलवस्तुका सस्थापक अध्यक्ष समेत हुन।
ब्यापारीको आवाजलाई सम्बोधन गर्दै अगाडि बढेका पोख्रेल ७ वर्ष यता राजनितमा सकृयरुपमा लागि परेका ब्यक्ति हुन । लमो समयदेखि नेकपा एमालेको राजीतिमा सक्रिय पोख्रेल गत स्थिानिय तहको निर्वाचनमै मेयर पदका आकांक्षि रहेका थिए गत निर्वाचनमा पार्टीले दिएका उम्मेदवारलाई निर्वाचन जिताउन अहम भुमिकामा रहेर काम गरेका थिए ।युवा पुस्तामाझ लोकपृय रहेका नेता पोख्रेलले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासलगायतका क्षेत्रमा महत्त्वाकाङ्क्षी योजना अघि सारेका छन् ।
तुलनात्मक रुपमा नेकपा (एमाले)ले शिवराज नगरपालिकामा प्रभावशाली उम्मेद्वार बनाएको छ । पोख्रेल अहिले शिवराजको बलियो उम्मेद्वारको रुपमा प्रस्तुत भएका छन । कपिलवस्तुको पश्चिमी क्षेत्रका सक्षम र साहसि ब्यक्तिको रुपमा चिनिएका पोख्रेल सफल नेत्रित्व गर्न सक्ने नेताको रुपमा चिनिन्छन ।
गत निर्वाचनमै मेयरमा उठ्ने इच्छा राखेका पोख्रेलले टिकट पाएनन तर पार्टीलाई जिताउन लागि परे ।पार्टी पर्तिको लगावले नै यतिवेला उनर्ला पार्टिले टिकट दिएर उम्मेदवार बनाएको छ । लामो समय देखि पार्टी र राजनितिमा खटेका पोख्रेलले शिवराजमा राम्रो पकड बनाएका छन् । खासगरी उनलाई इमान्दार राजनीतिकर्मीका रूपमा चिन्ने गरिन्छ ।
नगरको विकासका लागि स्पष्ट खाका बनाएर पार्टी र आफना ब्यक्तिगत प्रतिवद्दताका साथ उम्मेदवार बनेका पोख्रेल बलियो उम्मेदवारको रुपमा रहेका छन । त्यस्तै एमालेबाट शिवराजको उपमेयर पदमा शिवकुमारी चौधरीलाई उम्मेदवार बनाएको छ ।