Connect with us
Kapilvast Forest

वैदेशिक रोजगार बचतपत्रको ब्याज साढे २ प्रतिशत बढ्यो 

२०७९, १२ बैशाख सोमबारमा प्रकाशित

 

काठमाडौं – वैदेशिक रोजगार बचतपत्रको ब्याज यस वर्षदेखि साढे २ प्रतिशतले बढाइएको छ। नेपाल राष्ट्र बैंकले यस वर्ष ब्याज बढाएर जेठ १८ गतेदेखि बैदेशिक रोजगार बचतपत्र बिक्री खुला गर्न लागेको छ। वैदेशिक रोजगारीमा गएका नेपालीलाई लक्षित गरी ल्याइएको वैदेशिक रोजगार बचतपत्रमा यसअघि १० प्रतिशतमात्रै ब्याज पाइन्थ्यो।

 

अब १२.५० प्रतिशत ब्याज दिन लागिएकाले विगतका तुलनामा बिक्री बढ्ने नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा नीलम ढुंगानाले बताइन् । राष्ट्र बैंकले बचतपत्रमा आकर्षण थप्नका लागि ब्याज बढाउन गरेको प्रस्ताव अर्थ मन्त्रालयले स्वीस्कृत गरेसँगै राष्ट्रबैंकले सूचना गरी गरेको हो।

रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा लगाउने उद्देश्यले सरकारले आर्थिक वर्ष २०६६-७७ देखि बचतपत्र बिक्री सुरु गरेको थियो। कुनै पनि वर्ष १० प्रतिशत भन्दा कम नै बिक्री भएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ।

आर्थिक वर्ष २०७७-७८ मा ५० करोड रुपैयाँ जारी भएकोमा ३ करोड ९९ लाख रुपैयाँको बिक्री भएको थियो। यो ७.९८ प्रतिशत हो। तर, सोही अवधिमा पहिलोपटक ५० करोडकै जारी भएकोमा १ करोड ५३ लाख मात्रै बिक्री भएको थियो। यो ३.०७ प्रतिशत मात्रै बिक्री हो।

बचतपत्र ५ वर्षपछि मात्रै परिपक्क हुन्छ। बचतपत्रबाट पाउने ब्याज बचतपत्र खरिदकर्ता आफैंले वा इच्छाइएको व्यक्तिमार्फत भुक्तानी लिन सक्छन्। बचतपत्र किन्ने खरिदकर्ताले छ-छ महिनामा ब्याज पाउँछन्।

१३ वर्षअघि सुरु भएको वैदेशिक रोजगार बचतपत्रको ९५ प्रतिशत बिक्री हुन सकेको छैन। राष्ट्र बैंकले हालसम्म १३ अर्ब ५८ करोड ७९ लाख रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र जारी गरिसकेको छ। तर, हालसम्म ६७ करोड ९२ लाख रुपैयाँ बराबरको बचतपत्र मात्रै बिक्री भएको छ। यो जारी रकमको पाँच प्रतिशतमात्रै हो।

अर्थविद् ज्ञानेन्द्र अधिकारीले बचतको ब्याज मात्र दिने भन्दा पनि पुँजी बढ्नेगरी लाभ दिन सके आकर्षण बढ्ने बताए। ब्याजदर बढाउनुमात्र नभई आकर्षक बोनस दिन सक्नेखालको नीति नियम ल्याउन आवश्यक भएको उनको भनाइ छ।

हुण्डीबाट बढी आम्दानी हुने भएकाले रेमिट्यान्सको ठूलो हिस्सा अनौपचारिक माध्यमबाट आइरहेको छ। पछिल्लो समयमा त कतिपय युवाहरु क्रिप्टोकरेन्सी र हाइपर फण्डजस्ता नेटवर्किङ व्यवसायमा सक्रिय हुँदा रेमिट्यान्स घट्दो क्रममा छ। चालू आर्थिक वर्ष लागेदेखि लगातार रेमिट्यान्स घटिरहेको छ।

अर्थविद् अधिकारीले औपचारिक माध्यमबाट रेमिट्यान्स पठाउन प्रोत्साहन तथा वाध्यकारी व्यवस्था गर्दै पुँजी लाभ हुनेगरी बचतपत्र बिक्री गर्न सके आकर्षण बढ्ने बताउँछन्।

राष्ट्र बैंकले छोटो समयका लागि जारी गर्ने हुँदा वैदेशिक रोजगारीमा रहेका अधिकांशले जानकारी पाउँदैनन्। सरकारले वर्षभरी किन्न सक्ने व्यवस्था गर्न सके विदेशमा रहेकाले जतिबेला पनि किन्ने व्यवस्था हुनुपर्ने श्रमविज्ञ डा.गणेश गुरुङ बताउँछन्।

बचतपत्रबारे वैदेशिक रोजगारीमा गएका युवा तथा तीनका परिवार जानकार नभएकाले पनि ५ प्रतिशत भन्दा बढी बिक्री नभएको उनले बताए। बचतपत्र डिजाइन नमिलेकाले आकर्षण नदेखिएको उनको भनाइ छ। खाडी तथा मलेसियामा रहेका नेपाली राजदूतावास, गैरआवसीय नेपाली संघ, रेमिट्यान्स कम्पनीहरुसँग सहकार्य गर्न सकेमात्रै बचतपत्र बिक्रीमा समस्या नहुने उनी बताउँछन्।

वैदेशिक रोजगारीमा अधिकांश युवाहरु न्यूनतम पारिश्रमिकमा गइरहेका छन्। जसले गर्दा चाहेर पनि धेरैले बचत गर्न सकेका छैनन्। गुरुङका अनुसार ब्याज बढी हुँदा गाँस कटाएर भएपनि बचत गर्न सक्ने सम्भावना रहन्छ। तर, यसबारे व्यापक प्रचार गर्नका लागि विदेश जानुअघि यसबारे पूर्ण जानकारी दिनुपर्ने उनको भनाइ छ।

नेपाल राष्ट्रको तथ्यांक अनुसार मुलुक भित्रिएको रेमिट्यान्समध्ये अधिंकाश रकम उपयोगमै सकिने गरेको छ । अधिकांश युवाले जीवनस्तर सुर्धान खर्च गर्नुका साथै घरजग्गा जोड्ने प्रचलन बढ्दै गएको छ। अधिकांश युवाले दैनिक खर्च, पढाई, घडेरी र खेतमै उपयोग गर्छन्। त्यसकारण पनि लगानीमा प्राथमिकता नपर्ने गरेको श्रमविज्ञ गुरुङ बताउँछन्। राष्ट्र बैंकले जारी गर्ने बचतपत्र छोटो समयका लागि हुने भएकाले कतिपयलाई थाहा नहुने हुँदा वर्षभरी नै खुला गर्नुपर्ने जानकारहरु बताउँछन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu